Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले चितवनको अध्यक्षमा चार जनाको आकांक्षा

नेकपा एमाले चितवनको अध्यक्षमा चार जनाको आकांक्षा

इच्छाकामना न्युज

२२, पौष २०७८
नेकपा एमाले चितवनको अध्यक्षमा चार जनाको आकांक्षा
images

चितवन, २२ पुस । नेकपा एमाले चितवनको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । २३ र २४ पुसमा हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले चितवनको अधिवेशनको उद्घाटनसत्र तारापुञ्ज रिसोर्ट र बन्दसत्र पार्टी कार्यालयमा हुँदै छ ।

images
images

अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६०० प्रतिनिधि छनोट भएर आएका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।

एमाले चितवनको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन् । अध्यक्षको लागि रामप्रसाद न्यौपाने, तेजेन्द्र खड्का, कृष्ण भुर्तेल र कमल पाठकले आकांक्षा देखाएका छन् ।

अध्यक्षका आकांक्षी न्यौपाने एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष थिए । दुई पार्टीको एकता खारेज भइसकेपछि एमाले भरतपुर महानगरको कमिटी अध्यक्षको जिम्मेवारी पनि न्यौपानेले नै पाए ।

त्यसपछि भएको एकता अधिवेशनबाट नयाँ नेतृत्व चयन भयो । जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका न्यौपानेले पुनः महानगको अध्यक्षको लागि चासो दिएनन् । उनी नेकपा अध्यक्ष केपी ओली निकट मानिन्छन् ।

एमाले चितवनको २०७३ सालमा भएको अधिवेशनबाट तेजेन्द्र खड्का जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित भएका हुन् । तत्कालीन एमालेमा माधव कुमार नेपाल निकटका खड्का एमाले र माओवादी बीच भएको एकता खारेज भएपछि केही समय विचलित हुन पुगे । र, अन्ततः एमालेमै रहने उनले उद्घोष गरे ।

जिल्ला अध्यक्षका अर्का आकांक्षी कृष्ण भुर्तेल बागमती प्रदेशका सांसद हुन् । शालीन स्वभावका भुर्तेल २०३५ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छन् । अर्का आकांक्षी कमल पाठक बार एसोसिएसन चितवनका पूर्व अध्यक्ष हुन् । उनले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् ।

images
प्रकाशित मिति :पौष २२, २०७८ बिहिवार - २१:५१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology