Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँको कवादी खोलामा नवजात शिशु मृत भेटिए

तनहुँको कवादी खोलामा नवजात शिशु मृत भेटिए

images

इच्छाकामना न्युज

२०, पौष २०७८
तनहुँको कवादी खोलामा नवजात शिशु मृत भेटिए
images

तनहुँ, २० पुस। तनहुँको व्यास नगरपालिका-९ कवादी खोलामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । कवादी खोलाको पुल नजिक मङ्गलबार दिउँसो नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले स्थानीयवासीको रोहवरमा मुचुल्का गरी नवजात शिशुको शव दमौली ल्याइएको जानकारी दिए । शिशु कसले फाल्यो भन्ने पत्ता लाग्न सकेको छैन ।

“घटनाको सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिसकेका छौ,” उनले भने ।

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - २१:०४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology