Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गैँडाकोट आयुर्वेद औषधालय प्रति बिरामीको आर्कषण बढ्दै 

गैँडाकोट आयुर्वेद औषधालय प्रति बिरामीको आर्कषण बढ्दै 

images

सिआईएन

२०, पौष २०७८
गैँडाकोट आयुर्वेद औषधालय प्रति बिरामीको आर्कषण बढ्दै 
images

माया कँडेल, नवलपुर, २० पुस । गैँडाकोट आयुर्वेद औषधालयमा तातो बाफबाट उपचार गर्ने अर्थात स्नेहन स्वेदनको सुविधा पाएपछि बिरामीले राहत महशुस गरेका छन् । ४७ प्रकारका आयुर्वेदीक औषधी निःशुल्क साथमा प्रविधिको सहजतासँगै स्वास्थ्यलाभ लिन पाउँदा बिरामी पनि खुसी भएका हुन् । गैँडाकोट ५ की पूर्णकला सापकोटाले आयुर्वेदीक औषधी सँगै स्नेहन स्वेदन गरेपछि भने शरिरमा केहि सहजता महसुस गरेको बताउनुभयो । गोडा र जोर्नी दुख्ने समस्या भएपछि आयुर्वेद औषधालय पुग्नुभएका गैँडाकोट ६ का ७७ बर्षका मानसिंह गुरुङले यसअघि लामो समय उपचार गरे निको नभएपछि बाफ लिन आएको बताउनुभयो । 

आयुर्वेद औषधालयमा जिल्लाका मात्र नभई भरतपुरदेखि पनि बिरामी उपचारका लागि जाने गरेका छन् । आयुर्वेदीक औषधीबाट स्वास्थ्य लाभ हुने र सहज सेवा पाएपछि गैँडाकोट आयुर्वेद औषधालयमा आउनेको संख्या बढ्दै गएको छ । बाफ लिने, स्नेहन स्वेदनसँगै आयुर्वेदीक औषधी प्रयोग गर्न थालेपछि स्वास्थ्यलाई फाइदा पुगेको गैँडाकोट २ की रुक्मणी कुमालले बताउनुभयो । 

गैँडाकोट आयुर्वेद औषधालयमा निशुल्क स्वास्थ्य सेवा पाएपछ सेवाग्राही पनि खुसी भएका छन् । पैसा नभएर रोग पालेर बस्नु नपर्ने उनीहरुको भनाई छ । गैँडाकोट आयुर्वेद औषधालयका बरिष्ठ कविराज निरिक्षक बिष्णुप्रसाद पौडेलले शरीरलाई पञ्चकर्मबाट शुद्द गरि रोगलाई पसिनाको माध्यमबाट निकाल्न बाफ दिएर स्नेहन स्वेदन गराउँदै आएको बताउनुभयो । 

यस उपचार विधिले बिरामीले राहत महशुस गरेपछि चाप वढेको उहाँको भनाई छ । दिन प्रतिदिन आईरहेका प्रविधिले उपचार विधि सहज हुँदै गएको छ । त्यसो त सेवा विस्तार र निःशुल्क स्वास्थ्य सेवा पाउँदा गैँडाकोट आयुर्वेद औषधालयप्रति आर्कषण बढ्दो छ । 

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - १०:२०:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology