Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको अध्यक्षमा नवीन गुरुङ निर्वाचित

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको अध्यक्षमा नवीन गुरुङ निर्वाचित

इच्छाकामना न्युज

१९, पौष २०७८
आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको अध्यक्षमा नवीन गुरुङ निर्वाचित
images

सुनसरी, १९ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला कार्यसमिति सुनसरीको तेस्रो अधिवेशनले नवीन गुरुङ (गुरुङ सोल्टी) को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

images
images

सोमबार रामधुनी नगरपालिकाको थारु सङ्ग्रहालयको सभा हलमा आयोजित बन्द सत्रले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । बन्द सत्रले कार्यसमितिको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा चाम्लिङ, सह-सचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरि कार्यसमिति सदस्यमा वसन्त बान्तवा राई, मौसमी लिम्बु, विश्व राई, रश्मी प्रधान, स्वर्णिमहाङ फोम्बो र कमला चौधरीलाई पनि सर्वसम्मत चयन गरेको छ। बाँकी रहेका २ सदस्य चयन गर्ने अधिकार कार्यसमितिलाई प्रदान गरिएको छ ।

यसैगरी फोनिजको प्रदेश अधिवेशनको लागि पार्षद् र केन्द्रीय महाधिवेशनको लागि केन्द्रीय पार्षद् चयन गर्ने अधिकार पनि कार्यसमितिलाई नै दिइएको निर्वाचन समितिका संयोजक गोपाल देवानले बताए।

यसअघि गत मङ्सिर २८ गते जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको थियो । उद्घाटन सत्र सकिए पश्चात् सदस्यता नवीकरण र नयाँ सदस्यताको विवाद भएपछि बन्द सत्र सुरु नभइ अधिवेशन स्थगित भएको थियो ।

उक्त विवादलाई जिल्ला कार्यसमितिले हल गर्न नसकेपछि प्रदेश कमिटीले प्रदेश सदस्य विना तामाङ, प्रदेश सदस्य प्रदीप चौधरी र निवर्तमान जिल्ला अध्यक्ष धिरेन्द्र चौधरीको संयोजकत्वमा ३ सदस्य कमिटी गठन गरेको थियो । नयाँ सदस्यता विवादबारे समाधानको लागि निवेदनलाई तत्काल यथावत् राखी ३ महिना पछि नयाँ कार्यसमितिलाई राखेर समस्या समाधान गर्ने बन्द सत्रले सर्वसम्मत पारित गरेको थियो ।

अध्यक्षमा निर्वाचित नवीन गुरुङले फोनिज घर निर्माण गर्ने घोषणा गरेका छन् । निर्वाचित भएपछि उनले संक्षिप्त सम्बोधन गर्दै 'रिडिङ क्लब' सहितको फोनिज घरको अवधारणा अघि सारेका छन् । यस्तै डिजिटल फोनिज बनाउन आधिकारिक फेसबुक, वेभसाइड बनाउने र अधिकतम प्रविधिको उपयोग गर्ने योजना पनि उनले सुनाए ।

जिल्ला भरिका फोनिजकर्मीको निधन भएमा शोकाकुल परिवारलाई संवेदनासँगै सहानुभूति कोष स्थापना गर्ने र आर्थिक सहयोग गर्ने परम्पराको थालनी गर्ने पनि बताएका छन् । यसको लागि अध्यक्ष सहित नवनिर्वाचित कार्यसमितिले कोषको लागि सहयोग गर्ने पनि घोषणा गरेका छन् । उनले फोनिज म्यागेजिन र फोनिज स्वास्थ्य र दुर्घटना बिमाको लागि पनि पहल गर्ने बताएका छन् ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - २२:२५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology