Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ढोरपाटनमा रहेको विमानस्थल सञ्चालनमा नआएपछि नागरिक दुःखी 

ढोरपाटनमा रहेको विमानस्थल सञ्चालनमा नआएपछि नागरिक दुःखी 

images

सिआईएन

१९, पौष २०७८
ढोरपाटनमा रहेको विमानस्थल सञ्चालनमा नआएपछि नागरिक दुःखी 
images

टिकाराम भट्टराई, बागलुङ, १९ पुस । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा रहेको विमानस्थल सञ्चालनमा नल्याएको भन्दै नागरिक दुःखी भएका छन् । आरक्ष क्षेत्रमा रहेको विमानस्थल काँडेतारको घेरावारमा छ । निर्वाचनको समयमा नेताहरूले नियमित जहाज चलाउने आश्वासन दिए पनि काम नभएकोमा नागरिक खुसी छैनन् । 

२०१६ सालतिर डोल्पा हुँदै बागलुङको ढोरपाटनमा तिब्वती शरणार्थीहरू प्रवेश गरेका थिए । स्वीससरकार र नेपाल सरकारले उनीहरूको बसोवासका लागि कार्यक्रम सञ्चालन हुँदा, ढोरपाटनको समथर मैदानमा जहाज आउने जाने गरेको सुनेका जिल्लामा धेरै भेटिन्छन् । ढोरपाटनमा त्यसको निरन्तरताका लागि थुप्रै पटक स्थानीयस्तरबाट पहलहरू भएका थिए । 

चुनावमा साँसदको उम्मेदवार बन्न आउनेहरूले ढोरपाटन क्षेत्रको विकास सगैँ जहाज चलाउने आश्वासन पनि दिएपनि जहाज नियमित नभएको पनबहादुर विश्वकर्माले गुनासो गर्नुभयो । जनप्रतिनिधि, प्रधानमन्त्री, राष्ट्रपतिको भ्रमणका बेला ढोरपाटनमा जहाज सञ्चालनको माग उठाएपनि गरिएका प्रतिवद्धताकार्यान्वयन नहुने अर्का स्थानीयबासी चकबहादुर अदैले बताउनुभयो । 

जहाज चलाउँन भन्दै करिव ५ सय ६१ रोपनी क्षेत्रफल रहेको जग्गा काँडेतारले घेरिएको छ । जुन पार्टीको सरकार बन्छ उनीहरूका कार्यकर्ताले घेरावार गर्ने काम त पाइरहेका छन् । तर विमानस्थल सञ्चालनका लागि कुनैपनि निकायले चासो नदिएको ढोरपाटन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा नगरका प्रवक्ता दीपक थापाले बताउनुभयो । विमानस्थल चलाउनका लागि पहल भइरहेको त्यसक्षेत्रबाट निर्वाचित मन्त्री देवेन्द्र पौडेलले बताउनुभयो ।

हिउँद वा बर्खा जुनसुकै बेला तारबार गरिएको चौरमा गाईभैंसी, घोडाचराउने गरिएको छ । यहाँ आउने जोकोही भने जहाज चढेर ओहोरदोहोर गर्न पाउने सपना बुन्दै फर्कने गरेका छन् । 

 

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - ०९:४०:३६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology