Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतले अंग्रेज खेदेझैँ हामी नेपालबाट बाहुन क्षेत्रीलाई खेद्न सक्छौ : मंगोल अर्गनाइजेशन

भारतले अंग्रेज खेदेझैँ हामी नेपालबाट बाहुन क्षेत्रीलाई खेद्न सक्छौ : मंगोल अर्गनाइजेशन

images

इच्छाकामना न्युज

१८, पौष २०७८
भारतले अंग्रेज खेदेझैँ हामी नेपालबाट बाहुन क्षेत्रीलाई खेद्न सक्छौ : मंगोल अर्गनाइजेशन
images

गोरखा, १८ पुस । मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)ले बाहुन क्षेत्रीलाई शरणार्थीको संज्ञा दिँदै कुनै दिन नेपालबाट खेद्न सक्ने चेतावनी दिएको छ ।

गोरखा, लम्जुङ, तनहूँ र कास्कीको संयुक्त ३३ औ स्थापना दिवस समारोहमा बोल्दै केन्द्रीय सभाका प्रवक्ता दिलिप धिमालले जनै र धोती मात्र लिएर शरणार्थीको रुपमा नेपाल छिरेका बाहुन क्षेत्रीलाई कुनै दिन यो देश छोड् भन्न सक्ने चेतावनी दिएका हुन् ।

‘हिँजो व्यवसाय गर्ने नाममा छिरेर भारत कब्जा गर्ने अंग्रेजहरुलाई भारतीय जनताले खेदेका थिए त्यस्तै गरी भारतबाट जनै र धोती मा लिएर नेपाल प्रवेश गरेका बाहुन र क्षेत्रीलाई नेपाल छोड् भन्ने अधिकार हामीसित सुरक्षित छ’, धिमालले भने, ‘हाम्रो अधिकार र हाम्रो अस्तित्व मेटाउँदै गयो भने एक दिन हामी त्यो नारा लगाउँछौँ किनभने यो देश भनेको यहाँका मूलबासी मंगोलहरुको हो ।’

गोरखाको लिगलिगकोटमा घले राजालाई विस्थापित गरी शाहवंश स्थापना भएको इतिहास कोट्याउँदै नेता धिमालले यही जिल्लाबाट बाहुन क्षेत्रीलाई दबाएर मंगोलको जितको अभियान सुरु गर्ने चेतावनी दिए ।

‘गोरखा जिल्ला भनेको हाम्रो पुर्खाहरुलाई षड्यन्त्रपूर्वक दमन गरेर हत्या गरेको ऐतिहासिक जिल्ला हो । यो जिल्लाबाट नै मूलबासी मंगोलहरुको दुर्दिन सुरु भएको जगजाहेरै छ’, उनले भने, ‘यही गोरखा जिल्लामा घले राजाको टाउको ठुन्काएको इतिहास छ । मूलबासी मंगोललाई दबाएकै भरमा पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भनेको छ तर हामी उसलाई अराष्ट्रिय तत्व हो । यो देश सबैको साझा फूलबारी हो भन्ने तर बाहुन क्षेत्री मात्र फुलिरहेका छन् । मूलबासी मंगोल कोही किन फुल्न सकेका छैनन् ? किनभने उनीहरुले हामी मूलबासी मंगोललाई बझाएर, जुधाएर सिध्याउन लागेका छन् । हामीलाई आदिवासी, जनजाति भनेर उनीहरु मूलबासी बन्न खोजिरहेका छन् । यस्ता बाहुन क्षेत्रीलाई हामी पूजा गरिरहन सक्दैनौँ । गाली नै गरिरहनेछौँ ।’

एमएनओ सत्तामा पुगेपछि जनजाति, आदिवासी खारेज गर्ने उनले बताए । बाहुन क्षेत्रीले मंगोललाई कुकुरभन्दा पनि तल राखेर अपमान गरेको भन्दै उनले यसका विरुद्ध लड्न उनले आग्रह गरे ।

मंगोल नेशनल अर्गनाइजेशनले चाहेमा लोकतन्त्र खारेज हुने अर्का नेता सोमबहादुर गुरुङले बताए । ‘लोकतन्त्र बाहुन क्षेत्री नेताहरु विपी, जिपी, सिपी, केपी, पिकेले ल्याएको शासन व्यवस्था हुदै होइन’, केन्द्रीय सभाका अर्थ विभाग प्रमुख गुरुङले भने, ‘ज्यानको बाजी लगाएर लडेर लोकतन्त्र ल्याउने मंगोलहरु नै हो । बाहुन क्षेत्रीहरुलाई त आवश्यक परेका बेला ‘हायर’ गरेर ल्याएको मात्र हो । तर उनीहरुले लोकतन्त्रको खिल्ली उँडाए, बदनाम गराए । अब तिनीहरुलाई चुनावी प्रक्रियाद्वारा ‘फायर’ गरिदिनु पर्छ । लोकतन्त्र हामीले ल्याएका हौँ । हामीले चाहे मात्र लोकतन्त्र खारेज हुन्छ । हामीले नचाहे खारेज हुदैन ।’

३३ औं स्थापना दिवस समारोहमा गोरखा, लम्जुङ, तनहूँ र कास्की जिल्लाबाट सहभागी भएका थिए ।

गोरखा जिल्ला सभाका अध्यक्ष गंगा राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तनहूँ जिल्ला सभाका अध्यक्ष प्रेमबहादुर थापा मगर, कास्की जिल्ला सभाका अध्यक्ष रियाज गुरुङ, लम्जुङ जिल्ला सभाका अध्यक्ष विकास गुरुङ केन्द्रीय सदस्य प्रविना थापा मगर लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका नेता नवीन घलेले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - १०:०९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology