आफ्नो दृष्टि खिचेर त्यो समयमा को हुन्छ हेरीदिने ।
आफ्नै हात समाई त्यो समयमा को हुन्छ लेखी दिने ।।
राम्रो चित्र उतारि त्यो समयको सन्झ्याल खोल्ने छ को ?
कल्ले लेखिदिने सगर्व कविता हाम्रो कुरिन्टारको ।।
लेख्नै पर्दछ काव्य दु:ख सुखका भ्याएर सम्झे जति ।
राख्दै सत्य शिरान सम्झिरहँदा फुर्छन् कतिहोकति ।।
कस्ले सक्छ टिपेर ल्याउन यता त्यो बाट यो सम्मको ।
कल्ले लेखिदिने सगर्व कविता हाम्रो कुरिन्टारको ।।
धूलो बाट उठेर त्यो समयमा कार्पेट का सम्मको ।
त्यो पिर्का चकटी उठेर यसरी सोफा हुँदा सम्मको ।।
कस्को त्यागछ स्वार्थ हीन मनले सम्झेर राख्दैछ को ।
कल्ले लेखिदिने सगर्व कविता हाम्रो कुरिन्टारको ।।
झुप्रो बाट उठेर यो भवनको निर्माण का सम्मको ।
झोला बाट छुटेर साधनहरु भण्डार का सम्मको ।।
इच्छा साक्षर बाट मात्र नपुगी डिग्री लिने सम्मको ।
कल्ले लेखिदिने सगर्व कविता हाम्रो कुरिन्टारको ।।
कस्को चिन्तन बाट सिर्जित भयो यो पुण्य कस्को थियो ।
खुल्ला चिन्तक बोल नाम कसरी श्री सर्वशान्ती रह्यो ।।
कस्ले ल्याउँछ सत्य तथ्य बटुली पानो सदाचारको ।
कल्ले लेखिदिने सगर्व कविता हाम्रो कुरिन्टारको ।।
कुरिनटार चितवन