Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माओवादी बन्दसत्र : प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्ड जवाफ दिँदै

माओवादी बन्दसत्र : प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्ड जवाफ दिँदै

images

इच्छाकामना न्युज

१६, पौष २०७८
माओवादी बन्दसत्र : प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्ड जवाफ दिँदै
images

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैठौं दिन आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेका छन् ।

दिउँसो १ बजेबाट सुरु भएको बन्दसत्रमा यसअघि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेर अध्यक्ष प्रचण्डले उठेका प्रश्नमाथि जवाफ दिन सुरु गरेका हुन् ।

बन्दसत्रको दिन अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा छलफल तथा निष्कर्ष सुझाव सुनाउन २५ वटा समूह गठन गरिएको थियो । २५ वटै समूहले बिहीबारसम्म विभिन्न प्रश्न उठान गर्दै निष्कर्ष सुनाइसकेपछि अध्यक्ष दाहालले जवाफ दिन थालेका हुन् ।

समूहगत छलफलबाट कम्युनिस्ट नेताको आचारण, संस्कार, जीवनशैली, वैचारिक स्पष्टतादेखि अन्तर्राष्ट्रिय विषयसम्म थुप्रै सुझाव आएका छन् । जसलाई दस्तावेजमा समेट्न माग गरिएको छ ।

 

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १४:४७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology