Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फरारलाई मस्ती, पीडितलाई सास्ती

फरारलाई मस्ती, पीडितलाई सास्ती

न्युज कारखाना

१६, पौष २०७८
फरारलाई मस्ती, पीडितलाई सास्ती
images

सुधा देव, सप्तरी १६ पुस । दश महिनाअघि सप्तरीका सर्वसाधारणको करोडौं रकम लिएर फरार भएका राजविराजका सिन्धी दाजुभाइ अझै पक्राउ पर्न सकेको छैनन्। राजविराजको गजेन्द्र चौकमा आईएमई व्यावसायी संचालन गर्दै आएका सञ्जय सिन्धी र सुनिल सिन्धी दाजुभाइले सर्वसाधारणको चार करोड २१ लाख ८४ हजार ७ रूपैयाँ ठगी गरी १७ फागुन २०७७ देखि  फरार छन् । 

images
images

उनीहरूले ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ३५ जनाले उजुरी दिएका छन् । उनीहरूले वैदेशिक रोजगारमा रहेका व्यक्तिले आईएमईबाट पठाएको रकममध्ये केही तुरुन्तै दिएको र केही पछि दिने भन्दै फर्काएर ठगी गरेको पीडितहरूको आरोप छ । 

सिन्धी दाजुभाइ जग्गासमेत बिक्री गरि फरार भएका सुनचाँदी व्यापारी सत्रुधन सोनारले बताए । विभिन्न व्यक्तिसँग जग्गा बिक्रीको नाममा ६० लाखसम्म बैना लिएको खुलेको छ । 

तर, विभिन्न व्यक्तिबाट बैना लिए पनि उनीहरूले राजविराज नगरपालिकाका मातहतमा रहेको न्यायिक समितिबाट मिलापत्रको माध्यमले सिन्धी दाजुभाइको जग्गासहितका सम्पत्ति बिक्री गरेर फरार भएका हुन् । 

यस बिषयमा न्यायिक समितिको संयोजक एवं राजविराज नगरपालिकाका उपमेयर साधना झाले आफ्नोे उपस्थितिमा रकमको कुनै लेनदेन नभएको बताइन् । राजविराज नगरपालिका मेयर शम्भु यादवले उनीहरू भागेको चारदिन पछि मात्र जग्गा नगरपालिकाले जग्गा पास गरेको आफूलाई जानकारी भएको बताए।

‘पीडकलाई पक्राउ गर्न प्रशासनलाई पटकपटक दबाब दिँदै आएको छु। दोषी चाँडोभन्दा चाँडो पक्राउ परेर पीडितले न्याय पाउनु पर्छ भन्ने मेरो मान्यता छ,’ मेयर यादवले भने ।

यता जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले मुद्दा अदालतमा दर्ता गरेर पक्राउ गर्ने अनुमति लिएर आए पनि फरार रहेकाले पक्राउ गर्न नसकेको बताए ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १४:१८:४८ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology