Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुख्य मार्गको पुल भासिएर भ्वाङ, त्रासमा हिँड्नुपर्ने बाध्यता

मुख्य मार्गको पुल भासिएर भ्वाङ, त्रासमा हिँड्नुपर्ने बाध्यता

न्युज कारखाना

१६, पौष २०७८
मुख्य मार्गको पुल भासिएर भ्वाङ, त्रासमा हिँड्नुपर्ने बाध्यता
images

कपिलवस्तु, १६ पुस । कपिलवस्तुको वाणगंगा नगरपालिकाको मुख्य मार्गको पुल भासिएर भ्वाङ परेको छ । जसकारण त्रसित हुँदै यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।

images
images

नगरपालिकाको वडा नम्बर ५ र ६ जोडने बैदौलीकास्थित नहरपुल जीर्ण हुँदा जोखिम बढेको छ । एक वर्षदेखि जीर्ण भए पनि नयाँ निर्माणका लागि बजेट व्यवस्थापन नहुँदा सोही पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यतामा स्थानीय छन् ।

वाणगंगा सिँचाइ प्रणालीको नहरमाथि निर्माण भएको पुलसँगै पानी वितरण गर्ने च्यानल बनाउँदा एक करोडभन्दा माथि खर्च हुने देखिएको वडा नम्बर ६ का अध्यक्ष शुकदेव चौधरीले बताए । करोड खर्च गर्ने हैसियत नगरपालिकासँग नभएपछि प्रदेश सरकारसँग योजना माग भएको थियो ।

प्रदेश सरकारले पुलको डिपिआर बनाउन एक लाख बजेट मात्र विनियोजन गरेको बताइएको छ । हाल पुलको आधा भाग भासिएको र बीचको भागमा भ्वाङ परेको अवस्थामा रहेको छ। नदीजन्य पदार्थ बोकेर टिपर तथा ट्याक्टर हिँड्न लागेपछि पुल भासिएको स्थानीयहरू बताउँछन् ।

स्थानीयलाई ओहोरदोहोर गर्न नजिक पुल नहुँदा त्रासका साथ यात्रा गर्नुपर्ने बाध्यता छ । अर्को पुल एक किलोमिटर टाढा छ । वडा कार्यालय तथा नगरपालिकाको धेरै स्थानमा पुग्न यही पुलको सहारा लिनुपर्ने बाध्यता छ । नगरपालिकाले नगरस्तरीय कृषि सडकको घोषणा गर्दै दुई लेन कालोपत्रेसमेत भएको छ ।

जीर्ण पुलबाट यात्रा गर्दा मोटरसाइकल र साइकलमा यात्रा गर्ने खसेर चोटपटक लाग्ने गरेको स्थानीय समाजसेवी प्रकाश भुसालले बताए । 

पुल निर्माणका लागि बजेट विनियोजन नभएपछि स्थानीय अगुवाहरू सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा डेलिकेशन पुगेका थिए । वडा नम्बर ६ का वडाध्यक्ष चौधरीले सिँचाइको कुलोसहितको पुल निर्माण गर्नुपर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पुल निर्माणका लागि ज्ञापनपत्र बुझाउन जाने तयारी भएको बताए ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १३:४५:२३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology