Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमू ल्होसारको अवसरमा चितवनमा बृहत शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

तमू ल्होसारको अवसरमा चितवनमा बृहत शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पुर्खाले आर्जेको, भषा धर्म, संस्कार संस्कृति जोगाउनुपर्ने प्रमुख अतिथि भौतीक पूर्वाधार मन्त्री भडेलको भनाई

images

इच्छाकामना न्युज

१२, पौष २०७८
तमू ल्होसारको अवसरमा चितवनमा बृहत शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
images

चितवन, १२ पुस । तमू ल्होसारको अवसरमा चितवनमा शुभकामना आदान  प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तमू प्ये ल्हु संघ  जिल्ला कार्य समिति  चितवनको आयोजनामा भरतपुर ११ नौरङ्गेमा कार्यक्रम सम्पन्न  भएको हो ।  

वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री  कृष्णलाल भडेँलको प्रमुख  आतिथ्यतामा सम्पन्न कार्यक्रममा  कलाकारहरुले गुरुङ संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रश्तुतीहरु प्रश्तुत  गरेका  थिए । 

कार्यक्रममा बोल्दै  प्रमुख अतिथि  भौतिक  पूर्वाधार विकास मन्त्री  भडेँलले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार संस्कृति जोगाउनुपर्ने  बताउनुभयो ।  भाषा धर्म संस्कृति हराए  हामी रहनुको कुनै अर्थ नरहने उहाँको  भनाई छ ।  

269932850_4693311444110128_2917308071869515245_n.jpg

उहाँले भन्नुभयो,‘ हाम्रो पुर्खाले आर्जेको   भाषा धर्म संस्कृति रह्यो भने  हामी रहेको सार्थकता रहन्छ , हाम्रो  परम पुज्यहरुले आर्जेको थिति नै रहेन  भने हामी रहनुको कुनै अर्थ रहदैँन ।’  उहाँले  चितवनका गुरुङ समुदायले  संस्कृति जोगाउन गरिएको प्रयात्नको  प्रशंसा  गर्नुभयो ।  उहाँले गुरुङ समुदायको महान पर्व  तमू ल्होसारको अवसरमा पुस १५ मा  सार्वजनिक विदाका  लागि आफुले पहल  गर्ने बताउनुभयो।  भाषा, धर्म, संस्कार र संंस्कृति  बचाउन आफु सधै भरि  लागीरहेको र  लागी रहने प्रतिवद्धता  जनाउँदै उहाँले  आज  अन्य कार्यक्रम छाडेर  यहाँ आएको  बताउनुभयो। आफ्नो धर्म संस्कृति  बचाउन  त्यो  वा  यो  पार्टी नभनी राजनितिबाट माथि उठेर सबै  एक  जुट भएर  लाग्नुपर्ने  बताउनुभयो ।  

269795107_221758720122674_1841647776921370612_n.jpg

कार्यक्रममा प्ये  ल्हु संघ  चितवनका निवर्तमान अध्यक्ष जगत बहादुर गु्रुङले नेपाल संस्कृतिको जिवित संग्राहलय भएको  बताउनुभयो ।   मानव सभ्यताको सुरुवातसगैँ प्राचिन कालदेखी नै मनाउँदै  आएको पर्वहरु हराउँदै  गएकोमा चिन्ता  समेत व्यक्त  गर्नुभयो ।  यसको  संरक्षण  प्रवद्र्धनका  लागि  तमू प्ये ल्हु संघ लागीपरेको  बताउनुभयो। राजनितिक पहुँचमा  नहुदाँ राज्यले  आदीवासी जनजातीहरुको भषा धर्म संस्कृति जगेर्नामा चासो नदिएको   बताउनुभयो । 

267620619_1924004721142221_2370579756897175378_n.jpg

कार्यक्रमा तमू प्ये  ल्हु संघ  चितवनका वरिष्ठ उपाध्यक्ष शान्ती गुरुङले  तमू ल्होसारमा दिदैँ आएको    सार्वजनिक विदा सरकारले  केही बर्षयता कटौती गरेको  भन्दै पुनः यसलाई निरन्तरता दिन माग गर्नुभयो ।  उहाँले  भाषा धर्म  संस्कृति बचाउन सबै एक  भएर  लाग्नुपर्ने   बताउदैँ  पुस १५मा   भव्यताका  साथ ल्होसार मनाउन   गुरुङ समुदायलाई आग्रह  गर्नुभयो ।  

कार्यक्रममा धर्म गुरुहरुले गुरुङ समुदायको  धार्मिक झाँकी र  कलाकारहरुले सांगितिक प्रश्तुती प्रश्तुत गरेका  थिए ।  

कार्यक्रममा  तीन जनालाई सम्मान  समेत  गरेका  थिए । संस्थाको  विकासका  लागि  महत्वपूर्ण  योगदान पु¥याएका  निवर्तमान अध्यक्ष जगत बहादुर गुरुङ, निवर्तमान सचिव विक्रम गुरुङ र पत्रकार चित्र बहादुर गुरुङलाई सम्मान गरिएको हो । 

269597091_1334496150330907_6339275474781743235_n.jpg

गुरुङ समुदायको भाषा, धर्म संस्कृति र परम्परालाई  जोगाई राख्न प्ये ल्हू  संघ चितवनले  गरेका  गतिविधिहरुलाई देश  तथा विदेशमा  समाचार मार्फत  पु¥याउन सहयोग गरेको  भन्दै  इच्छाकामना न्यूज डटकमका कार्यकारी सम्पादक चित्र बहादुर  गुरुङलाई सम्मान गरिएको हो ।  

तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष लाल प्रसाद गुरुङको  सभापतित्वमा सम्पन्न कार्यक्रम संघका सचिव  नारायण  गुरुङले सञ्चालन गर्नुभएको  थियो ।

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - २२:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology