Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पूर्वराज्यमन्त्री गुरुङले मनाङको गौरीशंकर आधारभूत विद्यालयलाई ६ लाख दिने

पूर्वराज्यमन्त्री गुरुङले मनाङको गौरीशंकर आधारभूत विद्यालयलाई ६ लाख दिने

images

इच्छाकामना न्युज

१२, पौष २०७८
पूर्वराज्यमन्त्री गुरुङले मनाङको गौरीशंकर आधारभूत विद्यालयलाई ६ लाख दिने
images

लमजुङ ,१२ पुस । पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले मनाङको तिमाङस्थित गौरीशंकर आधारभुत विद्यालयका लागि ६ लाख रुपैया सहयोग गर्ने भएका छन् ।

विद्यालयको आवासिय व्यवस्थापनका निम्ति पूर्वराज्यमन्त्री गुरुङले व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । इजरायली राजदूत हनान गोदारसँगै मनाङ भ्रमणका क्रममा तिमाङ पुगेका पूर्वमन्त्री गुरुङले विद्यालयको सुधारका लागि स्थानीयको सक्रियतामा साथ दिँदै आवासिय विद्यार्थीको खाद्यान्न व्यवस्थापनका लागि रकम सहयोग गर्ने पूर्वमन्त्री गुरुङका स्वकीय सचिव सोनाम लामाले बताए । 

गत असारमा मनाङमा आएको बाढीपहिरोले जिल्लाका विभिन्न भागमा परेको असर र भविष्यमा पर्नसक्ने असरलाई मध्येनजर गर्दै जिल्लाको शैक्षिक क्रियाकलापमा त्यसको प्रभाव पर्न नदिन पूर्वमन्त्री गुरुङले तिमाङको विद्यालयमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

विद्यालयको शैक्षिक गुणस्तर बृद्धि र आवासिय व्यवस्थापनलाई थप व्यवस्थित गर्न तिमाङका स्थानीयलागि परेका छन् । विद्यालयको संरचना विकास र शैक्षिक गुणस्तर बृद्धिका लागि स्थानिय थान्चोक समाजले ३१ रोपनी जग्गासमेत विद्यालयका निम्ति उपलब्ध गराएको छ ।

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - १०:४२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology