Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जबर्जस्ती करणी प्रयासकाे आरोपमा किशाेर पक्राउ

जबर्जस्ती करणी प्रयासकाे आरोपमा किशाेर पक्राउ

इच्छाकामना न्युज

११, पौष २०७८
जबर्जस्ती करणी प्रयासकाे आरोपमा किशाेर पक्राउ
images

महोत्तरी, ११ पुस ।बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक किशाेरलाई प्रहरीले जबर्जस्ती करणी प्रयासकाे आराेपमा पक्राउ गरेको छ । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर ७  मनहरीपुरका किशाेरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

images
images

घाँस काट्ने क्रममा  बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतकाे आराेप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशाेरको पहिचान खुलाउन नमिल्ने प्रहरीकाे भनाइ छ । 

किशाेरलाई  इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ भने जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०७८ आइतवार - १७:४८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology