Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भाेककाे आगाेले गिट्टी कुट्न बाध्य मुगुका महिला

भाेककाे आगाेले गिट्टी कुट्न बाध्य मुगुका महिला

न्युज कारखाना

१०, पौष २०७८
भाेककाे आगाेले गिट्टी कुट्न बाध्य मुगुका महिला
images

खड्क सुनार, मुगु, १० पुस । पुसकाे चिसाे । घरबाहिर निस्कनै पनि हतपत जागर चल्दैन । तर, मुगु छायाँनाथ रारा नगरपालिका-५ ढुमगाउँका दलित महिला बिहान उज्यालाे हुँदा नहुँदै हातमा हथाैडा, टाउकोमा रुमाल, मुखमा मास्क लगाएर घरबाट निस्कन्छन् । याे दैनिक उनीहरूकाे अहिले मात्रै हाेइन । के जाडाे के गर्मी, हरेक माैसममा उनीहरू उज्यालाे हुँदासम्म गिट्टी कुट्न थालिहाल्छन् । यही कामबाट उनीहरूले वर्षाैदेखि परिवार पालिरहेका छन् ।  

images
images

ढुमगाउँकी रन्नदेवी विकलाई बिहान उठ्ने बित्तिकै आज कुन ठाउँ जाउ, के गरु, के खाऔँ, के लाऔँ भन्ने चिन्ता हुँदैन । सिर्फ चिन्ता हुन्छ त गिट्टी कति कुट्ने भन्ने मात्रै ।तर पनि बर्षाैदेखि उनी यही काम गर्न बाध्य छिन । यस्ताे बाध्यता रन्नादेवीलाई मात्रै हाेइन मुगुका अधिकांश दलित महिला ढुंगा फुटाएर घर परिवार चलाइरहेका छन् ।  

विशेषगरी छायाँनाथ रारा नगरपालिकाकाे थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाकाे जीवन धान्ने माध्यम गिट्टी कुटान बनिरहेकाे छ । छायाँनाथ रारा नगरपालिका-५ की २६ वर्षीया रामति कामी घरबाट बिहानै निस्केर बेलुका अबेर मात्रै फर्किन्छिन् । उनी सदरमुकाम गमगढी बजार आसपास गिट्टी फोड्ने गर्छिन् ।कामीले भनिन्, 'गिट्टी कुटेर मासिक १० हजारसम्म आम्दानी हुने गर्छ । यही आम्दानीले घर खर्च, छोराछोरीकाे पठनपाठन गरिरहेकी छु ।' उनले गिट्टी कुट्न लागेको करिब १० वर्ष भइसकेकाे बताइन् ।  

४० वर्षीया रन्नदेवि विकले श्रीमानले पनिसँगै गिट्टी कुट्ने गरेकाे बताइन् । 'हाम्रो रोजगारी भनेकै यही हो । श्रीमानश्रीमतीले गिट्टी कुट्दा महिनाकाे २० हजार रुपैयाँसम्म कमाइ हुन्छ,' उनका श्रीमान नारायण सिंह कामीले भने ।

बालमन्दिर आधारभुत विद्यालय चैन गाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमाकाकीसँगै गिट्टी कुट्न बजारमा पुग्छिन् । उनी पनि रहरले गिट्टी कुटन आएकी होइनन् । पढाई खर्चको जाेहाे गर्न आएकाे बताइन् । उनले कापीकलम किन्ने पैसा गिट्टी कुटेरै जाेहाे गरेकाे बताइन् । घरबाट गिट्टी कुट्न निस्कदा हथाैडा बोकेर निस्कुन्छु तर साथीहरू किताबकापी, झोला बोकेर विद्यालयतर्फ निस्कन्छन् । त्यो देखेर आशु झर्ने गरेकाे उनले सुनाइन् ।    

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउन निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ । घर चलाउनका लागि उनीहरू न्यून पारिश्रमिकमै भए पिन काम गर्न बाध्य छन् । निर्माणको काममा महिलालाई न्यून पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ । महिलाले एक कट्टा गिट्टीको ५० देखि ६० रुपैयाँ मात्र पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन् ।

images
प्रकाशित मिति :पौष १०, २०७८ शनिवार - ०९:०२:१३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology