Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पहिलो पटक सिमान्तकृत चेपाङ समुदायबाट मन्त्री बने सन्तबहादुर चेपाङ

पहिलो पटक सिमान्तकृत चेपाङ समुदायबाट मन्त्री बने सन्तबहादुर चेपाङ

images
पहिलो पटक सिमान्तकृत चेपाङ समुदायबाट मन्त्री बने सन्तबहादुर चेपाङ
images

हेटौंडा, ९ पुस । पहिलो पटक अल्पसंख्यक अति सिमान्तकृत चेपाङ समुदायबाट मन्त्री बनेका छन् । बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् । शुक्रबार बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङका चेपाङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका हुन् । सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए ।

उनले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - २०:४४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology