Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सुनको मूल्य तोलामा ८०० ले घट्यो, चाँदीको भाउ पनि ओरालो

सुनको मूल्य तोलामा ८०० ले घट्यो, चाँदीको भाउ पनि ओरालो

images
सुनको मूल्य तोलामा ८०० ले घट्यो, चाँदीको भाउ पनि ओरालो
images

काठमाडौं, ६ पुस । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएकोमा म‌ंगलबार ८०० सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाल सुनप्रति १० ग्राम ७९ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । म‌ंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - १२:४८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology