Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन कालिकाका ३ फर्निचर उद्योग र १ घरबाट अवैध काठसहित ३ जना पक्राउ

चितवन कालिकाका ३ फर्निचर उद्योग र १ घरबाट अवैध काठसहित ३ जना पक्राउ

images
चितवन कालिकाका ३ फर्निचर उद्योग र १ घरबाट अवैध काठसहित ३ जना पक्राउ
images

चितवन, ४ पुस । डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामत गरिएको हो ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ मा रहेको देवी फर्निचर उद्योगबाट ४८७ क्युफिट, सरिता फर्निचर उद्योगबाट ३९२ क्युफिट, कालिका नगरपालिका–१ मा रहेको रुपेन्द्र काष्ठ फर्निचर उद्योगबाट ३५५ क्युफिट काठ बरामत गरिएको छ । यस्तै सो वडाको सूर्यपुरमा रहेको राम घिसिङको घरबाट १२१ क्युफिट काठ बरामत गरिएको छ ।

उनीहरूलाई प्रमुख जिल्ला अधिकारीसहितको टोली र डिभिजन वन कार्यालयको टोलीले पुस १ र २ गते नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा देवी फर्निचर, सरिता फर्निचार र रुपेन्द्र काष्ठ फर्निचरका एक÷एकजना रहेका छन् । अन्य सङ्कलकको खोजीकार्य भइरहेको खनालले बताउनुभयो । पक्राउ परेका तीन जनालाई जिल्ला दालत चितवनबाट वन ऐन २०७६ अनुसार कारबाहीका लागि समय थप गरिएको उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - २१:२८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology