Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विवादबीच माओवादी प्रदेश २ को अधिवेशन सम्पन्न

विवादबीच माओवादी प्रदेश २ को अधिवेशन सम्पन्न

images
विवादबीच माओवादी प्रदेश २ को अधिवेशन सम्पन्न
images

जनकपुरधाम, ४ पुस । एकीकृत नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन विवादबीच सम्पन्न भएको छ । प्रदेशका सबै स्थानीय तहका अधिवेशन सम्पन्न भए पनि प्रदेश अधिवेशन आइतबार सर्वसहमतिमै प्रदेश कमिटी सदस्य चयन गर्ने गरी सम्पन्न गरिएको छ ।

सर्लाहीको लालबन्दीमा भएको अधिवेशनको बन्द सत्रले प्रदेश कमिटीका २७१ जना सदस्य सर्वसहमतिमै चयन गर्ने गरी सम्पन्न भएको माओवादीका नेता झल्कु यादवले बताए । पुस २५ गतेसम्म सबै जिल्लाले आफ्ना–आफ्ना जिल्लाबाट सर्वसहमति प्रदेश कमिटीका लागि सदस्य चयन गरी प्रदेश निर्वाचन कमिटीलाई पठाउने गरी अधिवेशन सम्पन्न गरिएको उनले बताए । प्रदेश कमिटीमा पार्टीमा संघीय सासद, प्रदेश सासद, पालिकाहरूका प्रमुख, उपप्रमुख, जिल्लाका अध्यक्ष सबै कलस्टरबाट सदस्य रहने निर्णय भएको छ ।

त्यसैगरि, प्रदेश कमिटीमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत,दलितको १५ प्रतिशत, मुस्लिम ५ प्रतिशत लगायतका कलस्टरबाट प्रतिनिधित्व गराइने बन्दसत्रबाट सर्वसहमत निर्णय भएको उनले बताए । निर्वाचन कमिटीले जिल्ला/जिल्लाबाट आएका सिफारिसका आधारमा प्रदेश कमिटी तयार गरिने र त्यसको घोषणा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरधाममा गर्ने निर्णय भएको उनले बताए । 

प्रदेश कमिटीको पदाधिकारीको विषयमा सर्वसहमत नभएको अवस्थामा प्रदेश कमिटीका लागि सबै जिल्लाबाट चुनिएका २७१ जना भित्रै निर्वाचन भई पदाधिकारीहरूको पदाधिकारी चयन गरिने निर्णय भएको छ । प्रदेश अधिवेशनको बन्द सत्र सम्पन्न भए पनि अहिले पनि सप्तरी, सिरा, धनुषा, सर्लाहीसहित जिल्लाका सबै पालिकाका अधिवेशन सम्पन्न हुन सकेको छैन । 

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १९:५८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology