Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, पाँच महिनामा १३ जनाको मृत्यु

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, पाँच महिनामा १३ जनाको मृत्यु

न्युज कारखाना

४, पौष २०७८
सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, पाँच महिनामा १३ जनाको मृत्यु
images

उर्मिला भट्टराई, सिन्धुली, ४ पुस । गत २८ मंसिरमा सिन्धुलीमा सुमोले ठक्कर दिँदा माेटसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गस्थित सुनकोशी गाउँपालिका-१ दुम्जामा रामेछापबाट काठमाडौँ जाँदै गरेको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिँदा माेटसाइकल चालक रामेछाप मन्थलि नगरपालिका १३ फुलासीका ३५ वर्षीय रोशन बर्देवाको मृत्यु भयो । सोही दिन जिल्लामा ट्याक्टरले पैदल यात्री एक महिलालाई ठक्कर दिँदा महिलोको मृत्यु भयो ।

images
images

तिनपाटन गाउँपालिका-५ तल्लो पचरंगस्थित ग्रामीण कच्ची सडकखण्डमा चकमकेबाट शाखामाडी तर्फ जाँदै गरेको लु.अ.अ.भ.१७४८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदल यात्री तिनपाटन-११ परासे की ३३ वर्षीया सरिता मगराती उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

गत ७ मंसिरमा विपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु भयो । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा चालक बागलुङकाे साविक दलिन गाविस-९ निवासी दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सिन्धुलीमा हाल सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष ०७८/७९ को साउनदेखl मंसिर अन्तिमसम्म १३ जनाको मृत्यु भएको छ ।

साउनदेखि यता ११५ वटा दुर्घटना हुदा १३ जनाको ज्यान गएको छ भने ५६ जना गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार साउन, भदौ, असोज, कात्तिक र मंसिरमा १० जना पुरुष र तीन जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

सबैभन्दा बढी मंसिर महिनामा दुर्घटनामा परि धेरैको मृत्यु भएको छ । मंसिर महिनामा मात्र चारजना पुरुष र एक जना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको हो । पाँच महिनाको अवधिमै ३६ जना पुरुष, १६ जना महिला, तीन बालक र एक बालिका गम्भीर घाइते भएका छन् ।  

यस्तै सोहीअवधिमा सवारी दुर्घटनामा परि १४७ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटना बढ्नुमा तीव्र गति, सडक साँघुरो हुनु, चालकको लापरबाही, सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्नु, ट्राफिक नियम पालना नगर्नु, घुमाउरो सडक जस्ता कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमखु क्षेत्रीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरण गर्नका लागि चेकजाचँमा कडा साथै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको उनले बताए । 

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १९:५५:२४ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology