Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालले निर्यात गर्ने मुख्य वस्तु अरु देशको उत्पादन, निर्यात बराबरकै कच्चा पदार्थ आयात

नेपालले निर्यात गर्ने मुख्य वस्तु अरु देशको उत्पादन, निर्यात बराबरकै कच्चा पदार्थ आयात

images
नेपालले निर्यात गर्ने मुख्य वस्तु अरु देशको उत्पादन, निर्यात बराबरकै कच्चा पदार्थ आयात
images

काठमाडौं, ४ पुस । आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा नेपालको कुल वस्तु निर्यात १०४  प्रतिशतले वृद्धि भएको छ । कात्तिकसम्म नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । 

निर्यात वृद्धि भएको भन्दै अर्थमन्त्री जनादर्न शर्माले आफ्नो प्रगति विवरण सुनाए पनि मुख्य निर्यातित सामान भने अन्य देशकै उत्पादन हुन् । कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशाेधन गरेर निर्यात हुँदै आएको छ । जसकारण नेपालको निर्यात वृद्धि भए पनि त्यसले देशको अर्थतन्त्रको स्थिति सुधारमा भने कुनै योगदान देखिँदैन । यसलाई नेपाल आयात निर्यातको तथ्यांकले पुष्टि गर्छ ।

तथ्यांकअनुसार पछिल्लो समय नेपालबाट निर्यात हुने मुख्य सामानमा भटमास र पाम तेल छन् । तर, यी दुवै उत्पादनका लागि विदेशबाट निर्यात भएको मूल्य बराबरकै कच्चा पदार्थ आयात हुँदै आएको छ । 

नेपालको आयात निर्यात व्यापारको तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थ र सवारीसाधनपछि उच्च आयातको सूचीमा भटमासको र पाम तेलका लागि आवश्यक कच्चा पदार्थ छन् । 

कात्तिकसम्ममा नेपालले २६ अर्व ४० करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको छ । सोही अवधिमा भटमासको तेल उत्पादका लागि आवश्यक कच्चा पदार्थ २७ अर्व २३ करोडको आयात भएको छ । भटमासको तेलको कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, पराग्वे र युक्रेनबाट नेपाल भित्रिएको छ ।

यस्तै अवस्था छ पाम तेलको पनि । कात्तिकसम्ममा नेपालले १७ अर्व ६६ करोडको कच्चा पदार्थ आयात गरेर १९ अर्व २३ करोडको पाम तेल निर्यात गरेको छ । व्यवसायीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डलगायतका देशबाट ल्याएरे भारतमा पाम तेल निर्यात गर्दै आएका छन् । 

भटमान र पाम तेलबाहेक नेपालबाट निर्यातको मुख्य सूचीमा रहेका अन्य वस्तुहरूको अवस्था पनि उस्तै उस्तै छ । गार्मेन्ट, पस्मिना, ऊनी कपडा, कार्पेट, जुसलगायतका सामान उत्पादनका लागि ठूलो मात्रामा कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ  ।

आफ्नै सामानको निर्यात भने कमजोर 

नेपालको आफ्नै सामानको निर्यात भने कमजोर बन्दै गएको छ । कुनै समय नेपालबाट निर्यात हुने सामानको सूचीको एक नम्बरमा रहेको अलैचीको निर्यात घट्दै गएको छ । यसैगरी कृषिजन्य उत्पादन, आयुर्वेदिक जडिबुटी तथा औषधिलगायतका तुलनात्मक लाभका सामानको निर्यात भने कमजोर बन्दै गएको छ । 

सीमित व्यापारीलाई मात्र लाभ : विज्ञ 

सरकारी अधिकारीहरूले निर्यात बढेको भन्दै प्रगति देखाइरहँदा विज्ञहरूले पनि निर्यातले व्यापार घाटा बढाएको बताएका छन् । ‘मुख्य निर्यात गर्ने सामानहरू नै अन्य देशबाट कच्चा पदार्थ ल्याएर उत्पान भइरहेको छ’ अर्थशास्त्री पोषराज पाण्डेले भने, ‘यसले सीमित व्यापारीलाई लाभ पुगेको होला, देशको अर्थतन्त्र विकासमा योगदान पुर्‍याउन सकेको छैन ।’ देशको व्यापारघाटा कम गर्न आयातित कच्चा पदार्थमा आधारित उद्योगभन्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । 

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १९:२५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology