Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एउटै ढुंगामा ८० फिट उचाईँको वुद्धकाे मूर्ति, लागत पाँच कराेड

एउटै ढुंगामा ८० फिट उचाईँको वुद्धकाे मूर्ति, लागत पाँच कराेड

images
एउटै ढुंगामा ८० फिट उचाईँको वुद्धकाे मूर्ति, लागत पाँच कराेड
images

सिन्धुपाल्चाेक, ३ पुस । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईँको  बुद्वको मूर्ति निर्माण गरिने भएको छ ।

269308401_4659862994100377_8686335064984262599_n.jpg.jpg

पाँचपाेखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागकाे ५ करोड लागतमा मूर्ति स्थापना गरिन लागिएको हो । एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्ने छन् ।

ee.jpg-1.jpg

ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाचँपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडा लगायत पर्यटकीय स्थलको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

photo-3.jpg.jpg

मूर्ति दुई वर्षसम्म निर्माण गरिनेछ । ढुंगामा मूर्ति कोर्न मात्रै २ करोड लाग्ने आँकलन गरिएकाे लामाले बताए । ८० फिटको मूर्ति वरपर कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा सानासाना मूर्ति रहने छन् । 

मूर्तिको शनिबार एमाले नेता शेरबहादुर तामाङले शिलान्यास गरेका हुन् । 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १९:४५:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology