Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले लमजुङ अध्यक्षमा अधिकारी र सचिवमा पौडेल चयन

एमाले लमजुङ अध्यक्षमा अधिकारी र सचिवमा पौडेल चयन

images
एमाले लमजुङ अध्यक्षमा अधिकारी र सचिवमा पौडेल चयन
images

लमजुङ, ३ पुस । नेकपा (एमाले) लमजुङ अध्यक्षमा कृष्णप्रसाद अधिकारी र सचिवमा शुभाष पौडेल चयन भएका छन्। पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उनको ठाउँमा उपसचिव पौडेललाई सचिवको जिम्मेवारी दिइएको हो ।

एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनञ्जय दवाडी पार्टीको गण्डकी प्रदेश सचिवमा चयन भएकाले पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारीले जानकारी दिए ।

एमाले जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल यसअघि नै प्रदेश कमिटी सदस्य चयन भइसकेका छन् । एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेकाे अनौपचारिक बैठकमा पार्टी अध्यक्ष अधिकारी र सचिवको जिम्मेवारी पौडेललाई दिने निर्णय भएको एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले बताए । उनका अनुसार पुस २३ गते जिल्ला अशिवेशन हुनेछ ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १९:४४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology