Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रधानमन्त्री महिला कप क्रिकेट : प्रदेश १ को फराकिलो जित

प्रधानमन्त्री महिला कप क्रिकेट : प्रदेश १ को फराकिलो जित

images
प्रधानमन्त्री महिला कप क्रिकेट : प्रदेश १ को फराकिलो जित
images

धनगढी, ३ पुस । धनगढीमा शनिवारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरू भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ विजयी भएको छ । उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ ।
 
टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश १ ले कप्तान रुबी क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मद्दतमा २० ओभरमा दुई विकेटको क्षतिमा १६६ रन बनायो । ७६ रनको पारी खेलेकी कप्तान क्षेत्रीले १० बलको सामना गर्दा १० चौका प्रहार गरिन् । अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् । प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो । कर्णालीका लागि दिव्या धामीले २ विकेट लिइन् ।
 
प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो बर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक–एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भए । प्रदेश १ का लागि अलिशा खडीयाले ५ विकेट लिइन् । यस्तै संगीता राईले दुई र सबनम राईले एक विकेट लिइन् ।
 
आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्दैछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा  सञ्चालन भइरहेको प्रतियोगिता ११ पुसमा सम्पन्न हुनेछ ।

सात प्रदेश र एक विभागीय गरी आ७ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए । समूह ए मा प्रदेश १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बीमा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ रहेका छन् ।
 
प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख, द्वितीयले तीन लाख, वम्यान अफ द सिरिजले २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सवम्यानले १५ हजार, वम्यान अफ द म्याचले दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।
 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १७:१७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology