Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फेरि तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री

फेरि तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री

images
फेरि तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री
images

काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।

यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ । 

मौसमविदहरुका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।

नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविद्ले बताएका छन् ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - ०८:३४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology