Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति : मन्त्री श्रेष्ठ

वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति : मन्त्री श्रेष्ठ

images
वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति : मन्त्री श्रेष्ठ
images

काठमाडौं, ३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि,सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका छन् ।

‘सचेत,सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार’ तय भएको अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मन्त्री श्रेष्ठले भनेका छन्, ‘आप्रवासी श्रमिकहरूले श्रम गरी कमाएको पैसाले आफ्नो मातृभूमिको आर्थिक विकासमा टेवा पुर्‍याइरहेका छन् । भने रोजगारदाता मुलुकको विकासमा योगदान दिइरहेका छन् । श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हक रक्षाका लागि श्रम ऐन, २०७४ लाई थप श्रमिकमैत्री बनाइनुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ ।’

पछिल्लो समय श्रमिकमैत्री हुनेगरी विद्यमान नीति, ऐन तथा कानुनसमेत परिमार्जन गरी कार्यान्वयनमा  ल्याइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले  वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकसँग दुई पक्षीय सम्झौतामा समेत श्रमिकमैत्री हुनेथरी पुनरावलोकन एवं नवीकरणको काममा मन्त्रालय क्रियाशील रहेको बताए ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - ०८:१७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology