Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई

न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई

न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई
images

खोटाङ, ३ पुस । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले न्युज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन पहल गर्ने बताएका छन् ।

images
images

छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा शुक्रबार खोटाङका पत्रकारसँगको छलफलमा अध्यक्ष हुमागाईले हालसम्म सरकारले बजेट भाषणमा न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति ल्याए पनि बजेट व्यवस्था गर्न नसकेको बताए ।

अध्यक्ष हुमागाईले पत्रपत्रिकालाई जस्तै कम्तीमा एक जना कर्मचारीलाई मासिक तलव खुवाउन पुग्नेगरी न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउनका लागि बजेट व्यवस्थाका लागि पहल गर्ने बताएका हुन् । 

हुमागाईले लोककल्याणकारी विज्ञापनका लागि एफएम/टिभीजस्ता विद्युतीय सञ्चारमाध्यमले १२ पुसभित्र सूचीकरणका लागि आवेदन आह्वान गरिएको जानकारी दिए । ‘विद्युतीय सञ्चार माध्यमको सूचीकरणका लागि सुचना प्रकाशन गरिएको छ । १२ पुसभित्रमा सूचीकरण गरिसक्नुपर्ने छ,’ हुमागाईले भने, ‘सूचीकरण भइसकेपछि लोककल्याणकारी विज्ञापनका लागि आवेदन दिनुपर्ने छ । त्यो काम भएपछि लोककल्याण विज्ञापन प्रशारणका लागि पठाइने छ ।’ 

अध्यक्ष हुमागाईले लोककल्याणकारी विज्ञापनको प्रकाशन तथा प्रकाशनका सन्दर्भमा विद्यमान कानून संशोधनको तयारी भइरहेको जानकारी दिए । ‘यसका लागि कार्यदल गठन भइसकेको छ,’ उनले भने, ‘त्यस कार्यदललाई दिइने फिडव्याक संकलनका लागि पनि फिल्डमै अध्ययनमा हिँडेका हौँ ।’ 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - ०८:०४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology