Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा पालुङटारमा दलित बस्ती हटाएर माटो खानी संचालन, स्थानीय ५ घर दलितको उठिबास

गोरखा पालुङटारमा दलित बस्ती हटाएर माटो खानी संचालन, स्थानीय ५ घर दलितको उठिबास

images
गोरखा पालुङटारमा दलित बस्ती हटाएर माटो खानी संचालन, स्थानीय ५ घर दलितको उठिबास
images

गोरखाको पालुङटार नगरपालिका ९ खानीगाउँका पाँच घर दलित समुदायको थातथलो उठाएर माटोखानी सञ्चालन गरिएको छ । पशुपति माइनिङ कम्पनी प्रालिले खानीगाउँका पाँचघर दलित परिवारको बास उठाएर सिमेण्ट उद्योगका लागि माटोखानी सञ्चालन गरेको हो ।

कम्पनीले ५२ रोपनी जग्गा खरिद गरी बिगत आठवर्षदेखि माटो खानी सञ्चालन गरिरहेको छ । माटोखानीका कारण परियार र नेपाली थरका पाँच घर विस्थापित भएका छन् ।

‘२०७० सालमा ५२ रोपनी जग्गा किनेर खानी दर्ता गरी माटो खानी चलाइएको हो’, उनले भने, ‘यहाँबाट लगेको माटो सिमेण्ट उद्योगमा क्लिन्कर बनाउन प्रयोग हुन्छ ।’ अर्घाखाँची सिमेण्ट, जगदम्बा सिमेण्ट, शिवम् सिमेण्टहरुले यहाँको माटो किन्ने उनले बताए ।

266384302_664615817899272_4738530662112861349_n.jpg

दैनिक छ वटा ट्रिपरले छ खेपभन्दा धेरै माटो ओसार्दा यहाँ प्राकृतिक रुपमा जोखिम बढ्दै गएको स्थानीयबासीको गुनासो छ ।

यति ठूलो भीर बनेको छ कि, अहिले यहाँ मान्छे जानै डराउँछन्’, स्थानीय नवीन दवाडीले भने, ‘धेरै रुखहरु काटिएका छन्। अग्ला पाखा पखेरा गहिरो खोच बनेको छ । पानी पर्दा लेदो बगेर खतरा बढेको छ।’ वन विनाश भएको भूवनोट परिवर्तन भएको उनले बताए । ‘यति गहिरो खनिएको छ कि, अब त्यहाँ बिरुवा उम्रिने सम्भावना पनि देखिँदैन’, उनले भने ।

दलित बस्ती उठे पनि खानी सञ्चालकले दलित समुदायलाई भने धोका दिएका पिडित परिवारको गुनासो छ। ‘पछि तिम्रो जग्गा पनि हामी नै लिने हो भनेर २१ रोपनी जग्गाको माटो खनेर लगे। हामी पनि घर छाडेर अन्यत्रै गएर बस्यौँ तर किनेनन’, स्थानीय रमेश परियारले भने, ‘खनेर बिग्रिएको जग्गा सम्याइदिन्छौँ भने त्यो पनि सम्याएनन् ।

दुईतीनफेर सम्याइदिन अनुरोध गरेँ तर एकवर्षदेखि वास्तै गरेका छैनन्।’ माटो झिकेर खण्डहर बनेको जग्गा कम्पनीले पनि नकिनेको, खेती गर्न पनि बेकम्मा भएको उनले बताए। ‘खेती गर्न पनि नमिल्ने, पानी आएको बेलामा जान पनि डरलाग्ने भएको छ’, उनले भने। दरौदी दैनिकबाट

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - २०:३२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology