Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

जुम्लामा यौन दुर्व्यवहारका घटना बढ्दै

जुम्लामा यौन दुर्व्यवहारका घटना बढ्दै

images

न्युज कारखाना

२, पौष २०७८
जुम्लामा यौन दुर्व्यवहारका घटना बढ्दै
images

जुम्ला, २ पुस । जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो वर्ष ९ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन् ।

अघिल्लो वर्ष बलात्कारका ३ र यौन दुर्व्यवहारका घटना ५ गरी ८ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा उल्लेख गरिएका छन् ।  

यस वर्ष २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कार ४ वटा घटना र यौन दुर्व्यवहारका ५ वटा गरी ९ वटा घटना संकलित भएका छन् ।

बलात्कार तथा यौन दुर्व्यवहारका ९ वटा घटना मध्ये मध्ये सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जना बालक सुधारगृह र एक जना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ । 

यस्तै जातीय विभेद सम्बन्धी एक घटना, बहुविवाहका दुई घटना, यातानापछि मृत्यु एक, अपहरण एक, हत्या एक गरी र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी दुई वटा घटना गरी १७ वटा घटना संकलन गरिएका छन् । शिक्षा र खाद्य अधिकार सम्वन्धीका घटना पनि संकलन गरिएका छन् ।

मानवअधिकार वर्ष पुस्तकको बार्षिक पूर्व समीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढी पहिरोले पारेको क्षति लगायतका बिषयमा समेत प्रथामिकता राख्न आबश्यक छ ।

बाढीले अन्नवालीमा परेको क्षतिका विषयमा धान बाली राहत वितरणका लागि कार्यविधि मात्रै बनेको छ । उनले भने अरु अन्नवालीको विषयमा कार्यविधि नबनेकोले यसमा पनि समस्या देखिएको छ । यो विषयमा थप प्रकावकारी बनाउनका लागि जिल्ला विपद व्यवस्थापन समितिमा छलफल गर्ने छौँ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण साहनीले घटनाको पुष्टि हुने तथ्यांक थप बलियो बनाउन सूझाउँदै बढ्दो सड्क दुर्घटनाका विषय पनि समेटन सूझाव दिए  ।

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - २०:००:०२ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology