Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा

समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा

images
समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा
images

काठमाडौं, २ पुस । समिट लघुवित्त वित्तीय संस्थाले आगामी २४ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा तनहुँकाे आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट २५ दशमलव २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस हुनेछ । मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग सात लाख ५१ हजार ७१२ कित्ता सेयर एफपीओको रूपमा जारी गर्ने प्रस्ताव छ ।

वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । त्यसैगरी, अन्य लघुवित्त वित्तीय संस्थासंग मर्ज अथवा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू पारित हुनेछ।

सभा प्रयोजनार्थ लागि १५ पुसदेखि बुक क्लोज हुनेछ । यसअनुसार १४ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र बोनस सेयर पाउन सक्नेछन् । समिट र सजिलो लघुवित्त मर्ज भएर ६ असोज २०७७ देखि एकीकृत कारोबार भएकाले बोनसमा लाग्ने करको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ ।  

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - ११:०४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology