Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दाङको बंगलाचुलीमा चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक, मारमा सिमेन्ट उद्याेग

दाङको बंगलाचुलीमा चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक, मारमा सिमेन्ट उद्याेग

images
दाङको बंगलाचुलीमा चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक, मारमा सिमेन्ट उद्याेग
images

दाङ, २ पुस । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाएको छ । गाउँपालिकाको सर्वपक्षीय बैठकबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाउने निर्णय गरेको हो ।

सिमेन्ट उद्योगले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमाथि बारम्बार वेवास्ता गरेको, खानी प्रभावीत क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र जिल्ला प्रशासन कार्यालय समक्ष विभिन्न मिति र समयमा गरेका निर्णय कार्यान्वयन नगरेको भन्दै चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाइएको छ ।

उद्योगले विभिन्न समयमा गरेका सम्झौता र निर्णयको कार्यान्वयन गरी वातावरण प्रदूषण न्यूनीकरण गर्ने वातावरण तयार नपार्दासम्म उत्खनन् र ढुवानी कार्य स्थगन गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए । 

नागरिक स्थरबाट पटक पटक सिमेन्ट उद्योगले उत्पन्न गरेको समस्या समाधानका लागि आवाज उठे पनि विभिन्न चरणमा हुने बैठकको निर्णय र सहमति अनुसार उद्योगका उत्खनन् कार्य जारी राख्न दिने गरेको तर उद्योगले गरेको सम्झौता कार्यान्वयन नगर्दा गाउँपालिकाले उत्खनन् स्थगन गर्नु परेको गाउँपालिका अध्यक्ष वलीले बताए । 
 

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - १०:२५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology