Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने

स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने

स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने
images

काठमाडौं, २ पुस । बैंक तथा वित्तीय संस्थाले लामो समयसम्म व्याज परिवर्तन नहुने गरी कर्जा दिएका ‘स्थिर व्याजदर’ योजनामा अब आफूखुसी व्याज परिवर्तन गर्न नपाउने भएका छन् । सुरुमा स्थिर व्याजदर भनेर ऋण लगानी गरे पनि विभिन्न सर्त देखाएर बीचमा व्याजदर परिवर्तन गरेको गुनासो बढ्न थालेपछि केन्द्रीय बैंकले कडाइ गरेको हो । 

images
images

राष्ट्र बैंकले एकीकृत निर्देशन-२०७८ संशाेधन गर्दै व्याजदर परिवर्तनसम्बन्धी व्यवस्थामा हेरफेर गरेको छ । निर्देशन अनुसार कर्जा अवधि भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिनेछ । यसबाहेक अन्य कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

बैंकले २० वर्षसम्म व्याजदर परिवतर्न नहुने गरी कर्जाका योजना ल्याएका छन् । तर बजारमा व्याजदर वृद्धि भएपछि भने विभिन्न सर्त देखाएर व्याजदर बढाउने गरेका छन् । 

धितो मूल्यांकनमा कडाई 
केन्द्रीय बैंकले ऋण लगानी गर्दा धितोस्वरुप लिने सम्पत्तिको मूल्यांकनमा समेत कडाइ गरेको छ । निर्देशन अनुसार बैंकले धितोको रुपमा राखिने सम्पत्तिको मूल्यांकन गराउँदा मूल्यांकनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्याससमेतका आधारमा धितोको मूल्यांकन गरेको यकीन गर्नुपर्ने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकन गराउनका लागि मूल्यांकनकर्ता सूचीकृत गर्दा मूल्यांकनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने प्रावधान थपिएको छ । 

राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात तोकिएको सिमाभित्र ल्याउने कार्ययोजना संचालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा बुझाउन र सोही अनुसार कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - ०९:२६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology