Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विवेकशील साझामा विवाद : मिश्रले सोधे पाण्डेलाई स्पष्टीकरण, नदिए कारबाही गर्ने चेतावनी

विवेकशील साझामा विवाद : मिश्रले सोधे पाण्डेलाई स्पष्टीकरण, नदिए कारबाही गर्ने चेतावनी

images

इच्छाकामना न्युज

२९, मंसिर २०७८
विवेकशील साझामा विवाद : मिश्रले सोधे पाण्डेलाई स्पष्टीकरण, नदिए कारबाही गर्ने चेतावनी
images

काठमाडौं, २९ मंसिर । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेसँग स्पष्टीकरण सोधेको छ । बुधबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई स्पष्टीकरण सोध्न निर्णय गरेको हो ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हस्ताक्षर गरेको स्टीकरण पत्रमा पार्टीप्रति आफ्नो जिम्मेवारी बोध नगरी केन्द्री समितिका पछिल्ला कयौं बैठकमा लगातार उपस्थित रहने, दुई तिहाइ भन्दा बढी केन्द्रीय सदस्यले बैठकबाट एकमतले गरेका निर्णय अस्वीकार गर्ने र ती निर्णय तथा पार्टी मूल नेतृत्वविरुद्ध अनर्गल र भ्रमपूर्ण प्रचार गरेको आरोप लगाउँदै त्यस्तो कार्य किन गरेको भन्दै प्रश्न गरिएको छ । 

त्यस्तै निर्वाचन आयोगमा पटक पटक तथ्यहीन  आरोपसहित निवेनद दिइ किन भ्रम छर्ने कार्य गरेको भन्दै पाण्डसँग जवाफ मागिएको छ । 

पत्रमा लिखित कारणसहितको स्पष्टीकरण पेस गर्न पुस ४ गतेसम्मको समय दिइएको जनाइएको छ। र, जवाफ नदिए कारबाही गरिने चेतावनी दिइएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १९:१५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology