Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अकोराब तनहुँको संयोजकमा पण्डित

अकोराब तनहुँको संयोजकमा पण्डित

images

इच्छाकामना न्युज

२९, मंसिर २०७८
अकोराब तनहुँको संयोजकमा पण्डित
images

दमौली, २९ मंसिर । देशै भरीको सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रशारक सङ्घ तनहुँको संयोजकमा पुनः हरिशरण पण्डित चयन हुनु भएको छ ।

तनहुँ सञ्चार सहकारी सस्थाद्धारा सञ्चालित दमाली एफएमका  अध्यक्ष समेत रहनु भएका पण्डित सङघको बुधबार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनबाट संयोजकमा सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।

समितिको सदस्यहरुमा रेडियो देवघाटका महासचिव निरञ्जन हाँडा, अन्जना तिमल्सेना, रेडियो देवघाटका गोपाल न्यौपाने, रेडियो छिम्केश्वरी की शर्मिला बिक, मेरो साथी एफएम र रेडियो तनहुँ रहेको छ । अधिवेशनको नेपाल पत्रकार महासङ्घ तनहुँको निर्वतमान अध्यक्ष तथा अकोराब गण्डकी प्रदेशका निर्वतमान उपाध्यक्ष ओमकार आचार्यले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा आचार्यले पत्रकारितका क्षेत्रलाई सरकारको चौथो अंग भएकोले भनिए पनि , सङ्घ, प्रदेश तथा स्थानीय सरकारले उचित संरक्षण र सहयोग गर्न नसकेको बताउनुभयो । सामुदायिक रेडियोहरुले सूचना, मनोरञ्जनको क्षेत्रमा ग्रामिण क्षेत्रमा समेत  खेलेको भूमिका उल्लेख्य छ भने पनि

नव निर्वाचित अध्यक्ष पण्डितले महंगी र कोरोनाको कहरले थलिएको वर्तमान परिवेशमा सामुदायिक रेडियोहरु सञ्चालन गर्न अत्यन्त कठिन भएको प्रसंग प्रस्तुत गर्दै जिल्लाका सबै सामुदायिक रेडियोहरुलाई उचित संरक्षण र प्रवद्धन गर्न आफू प्रयत्नशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन तनहुका अध्यक्ष अमरराज नहर्कीले सामुदायिक रेडियोको हितको लागि सस्थागत आवाज उठाउन प्रतिबद्ध रहेको बताउनुभयो ।  

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १९:१४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology