Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

६ दिनदेखि हराएकी महिलालाई लगाइयो आफन्तको जिम्मा

६ दिनदेखि हराएकी महिलालाई लगाइयो आफन्तको जिम्मा

न्युज कारखाना

२९, मंसिर २०७८
६ दिनदेखि हराएकी महिलालाई लगाइयो आफन्तको जिम्मा
images

सुरेस परियार, सिमकोट, २९ मंसिर । जिल्ला सदरमुकाम सिमकोटबाट ६ दिनदेखि हराएकी नाम्खा गाउँपालिकाकी एक महिला फेलापरेकी छन् ।

images
images

जिल्लामा क्रियाशील विभिन्न मिडियामा महिला हराएको समाचार सम्प्रेषण भएसँगै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएपी हेरम्ब शर्माले हुलियासहितको महिलाको बारेमा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई खोजतलासका लागी आग्रह गरेपछि ती महिला भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयले मातहतका सबै प्रहरी चौकीहरूले सम्भावित क्षेत्रमा खोजतलासलाई तीव्रता पारेपछि प्रहरी चौकी ठेहेले फेला पारेको हो ।

प्रहरी चौकी दोजामले सिमकोट गाउँ पालिका-१ ठेहेमा भेटाएको प्रहरीले जनाएको छ । फेला परेकी महिला नाम्खा गाउँ पालिका-१ हेप्का निवासी ३५ वर्षीया लेमा छोइ तामाङ रहेको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते आफ्नी आमालाई काठमाडौं पुर्‍याउनको लागी सिमकोट आएकी र सिमकोटबाटै हराएको आफन्त कार्मातण्डुप लामाले बताए । अहिले प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १९:०९:४५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology