Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आमाबुबाले दोस्रो विवाह गरे, नाबालक छोराछोरीको बिचल्ली

आमाबुबाले दोस्रो विवाह गरे, नाबालक छोराछोरीको बिचल्ली

न्युज कारखाना

२९, मंसिर २०७८
आमाबुबाले दोस्रो विवाह गरे, नाबालक छोराछोरीको बिचल्ली
images

जीवन कैला, बाजुरा, २९ मंसिर । बाजुराको बुढिनन्दा नगरपालिका–१ पिपलडालीका दुई बालबालिकाको बिचल्ली भएको छ । बुबाआमाले अर्को बिहे गरेपछि उनीहरूको बिचल्ली भएको हो । बुबा हर्क लुवार र आमा रिठु लुवारले दोस्रो विवाह गरेपछि ७ वर्षीया दिपीका लुवार र ४ वर्षका पुष्प लुवारको बिचल्ली भएको हो । 

images
images

साथमा रहेका हजुरबुबा जंगवीर लवार र हजुर आमा धिरु लुवार पनि वृद्धवृद्धा भएकाले उनीहरूको पालनपोषणमा समस्या भएको छिमेकी मनवीर विकले बताए । 

छोरा र बुहारीले दोस्रो बिहे गरेपछि नातिनातिनीको बिचल्ली भयो,’ हजुर बुबा जंगवीरले भने, ‘उनीहरू विद्यालय समेत जान पाएका छैनन् ।’ 

हलिया परिवारका उनीहरूको गाँसबासको समेत टुुंगो छैन । ‘बिहान खाए बेलुका के खाने ? बेलुका खाए, बिहान के खाने ? भन्ने चिन्ता भएकोले नाबालक नातिनातिनीलाई बिद्यालय पठाउन सकेको छैनौँ,’ हजुर आमा धिरुले गुनासो गरिन् । 

मागेर वा दैनिक ज्यालादारीको रूपमा काम गरेर जीविकोपार्जन गरिरहेको धिरु ल्वारले बताएकी छन् । उमेरले पनि ६५ वर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन्, न कसैको घरबाट मागेर ल्याउन नै सक्छन् । ‘उमेर भए त काम गरेरै भए पनि, अर्काको घरमा गएर हलो जोतेर भए पनि खान्थेँ, नातिनातिना पाल्थेँ,’ जंगवीरले भने । 

जंगवीर र धिरु लौराको सहारामा हिँड्डुल गर्छन् । उनीहरूकै काँधमा नाबालक नातिनातिनीको पालनपोषणको जिम्मेवारी आइपरेको छ । यसका लागि उनीहरू सहयोगको लागि आग्रह गर्छन् । दोस्रो बिहे गरेर छोरा सम्पर्कविहीन भएपछि आफूसहित नातिनातिनीको विचल्ली भएपछि जंगवीर दम्पती चिन्तित् भएका छन् । 

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १८:३७:२९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology