Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो

३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो

images

इच्छाकामना न्युज

२९, मंसिर २०७८
३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो
images

काठमाडौं, २९ मंसिर । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटे पनि कर्जा लगानीमा भने आक्रामक देखिएका छन् । बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा बैंकहरुको निक्षेप ३० अर्ब रुपैयाँले घटेको छ । २०७८ असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा कुल ४८ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिकमा ४८ खर्व ४ अर्ब रुपैयाँमा झरेको छ । 

बैंकहरूको निक्षेप घट्दै गएपनि कर्जा लगानीमा भने आक्रामक छन् । २०७८ असोजको तुलनामा २०७८ कात्तिकमा बैंकहरूको कर्जा ५९ अर्बले वृद्धि भई ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकहरुले निक्षेप संकलनको आधारमा मात्र कर्जा लगानी गर्नुपर्ने गरी कर्जा–निक्षेप (सिडी) रेसियो लागू गरेको छ ।

बैंकहरूले  पुँजीबाट कर्जा लगानी गर्न नपाएपछि बैंकहरूको सिडी रेसियो ९२ प्रतिशत पुगेको छ । जबकि बैंकहरुले सिडी रेसियो ९० प्रतिशतभित्र राख्नुपर्ने व्यवस्था छ । 
रेमिट्यान्स आप्रवाह नकारात्मक र बैंकको अधिकांश कर्जा आयातका लागि प्रयोग भएपछि निक्षेप बढ्न सकेको छैन । 

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १८:२४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology