Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सप्तरीमा कृषकका लागि ल्याएको गहुँको बिउ जनप्रतिनिधिकै मिलेमतोमा लुटियो

सप्तरीमा कृषकका लागि ल्याएको गहुँको बिउ जनप्रतिनिधिकै मिलेमतोमा लुटियो

images

इच्छाकामना न्युज

२७, मंसिर २०७८
सप्तरीमा कृषकका लागि ल्याएको गहुँको बिउ जनप्रतिनिधिकै मिलेमतोमा लुटियो
images

सुधा देव, सप्तरी, २७ मंसिर । छिन्नमस्ता गाउँपालिका कार्यालय अगाडीकै भवनमा राखिएको गहुँको बिउ सोमबार तेस्रो पटक स्थानीयबाटै लुटिएको छ । कृषकका लागि अनुदानमा वितरण गर्न ल्याइएको गहुँको बिउ दिउँसै लुटिएको स्थानीय कपिल मुखियाले बताए ।

शनिबारदेखि लगातार लुटिँदै आएको गहुँको बिउको सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा पुनः सोमबार लुटिएको मेखियाको भनाई रहेको छ ।

गहुँको बिउ राखेको ठाउँबाट १५० देखि २०० मिटर पर सखडा थाना रहे पनि लुटपाट हुने क्रममै जानकारी गराउँदासमेत प्रहरी २० मिनेटपछि मात्र आएको स्थानीय राजदेव यादवले बताए ।

किसानका लागि आएको ५ सय ३० बोरा गहुँ  लुटिएपछि गरिब विपन्न किसान समस्यामा परेका छन् । यसप्रति स्थानीय जनप्रतिनिधि पनि मौन रहेको स्थानीयको गुनासो छ ।

केही दिनअघि गाउँपालिकाको बैंठकमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच गहुँकै विषयलाई लिएर विवाद भएपछि कुटाकुट भएको थियो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले गाउँपालिका अध्यक्ष, सदस्यहरूको मिलेमतोमा गहुँको बिउ लुटिएको जानकारी आए लगत्तै प्रहरी पुगेको बताए । लुटपाट गर्नेहरू भने पक्राउ पर्न सकेका छैनन् ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - २०:५२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology