Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फोनिज चितवनको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश राना मगर निर्विरोध

फोनिज चितवनको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश राना मगर निर्विरोध

इच्छाकामना न्युज

२६, मंसिर २०७८
फोनिज चितवनको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश राना मगर निर्विरोध
images

चितवन, २६ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनले आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले रमेश मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

images
images

जसमा उपाध्यक्ष तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सहसचिवमा सविता दराई, कोषाध्यक्षमा कमलमान श्रेष्ठ रहेका छन् । यस्तैगरी सदस्यहरुमा आश्मा राई, अपेक्षा चौधरी, सुनिल श्रेष्ठ, मनोज चौधरी, सूचना गुरुङ, दिपेन्द्र चौधरी, बबिलाल तामाङ र प्रतिमा कुमाल रहेका छन् ।

उक्त अवसरमा फोनिजका संस्थापक अध्यक्ष सन्तकुमार चौधरीलाई सम्मान गरिएको थियो । यस्तै तामाङ पत्रकार संघका अध्यक्ष बबिलाल तामाङ र कालिका एफएमका प्रतिमा कुमाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रका सचिव सिर्जना अर्याल प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन उपाध्यक्ष प्रकाश ज्ञवालीले अर्को वर्ष प्रकाशित हुने फोनिज सन्देश चितवन स्मारिकाका लागि ५० हजार दिने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेवा पत्रकार संघका अध्यक्ष कमलमान श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा चौधरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सन्दिपकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव तुलमान गुरुङले गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - १०:५०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology