Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोनाका कारण २ वर्ष देखि रोकिएको चितवनका दुई ठुला महोत्सव यसवर्ष एकैसाथ हुदैँ

कोरोनाका कारण २ वर्ष देखि रोकिएको चितवनका दुई ठुला महोत्सव यसवर्ष एकैसाथ हुदैँ

images

इच्छाकामना न्युज

२३, मंसिर २०७८
कोरोनाका कारण २ वर्ष देखि रोकिएको चितवनका दुई ठुला महोत्सव यसवर्ष एकैसाथ हुदैँ
images

चितवन, २३ मंसिर । प्रत्येक दुई वर्षको अन्तराल पारेर जोर–बिजोर वर्षमा चितवनमा आयोजना हुँदै आएका दुई ठूला महोत्सव यस बर्ष भने एकै समयमा हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव २०७८ र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्ननगर महोत्सव २०७८ एकै समयमा हुने भएको हो ।

दुबै संघको सरसल्लाह बमोजिम नै दुबै महोत्सव आयोजना गर्न लागिएको बिहीबार उवासंघ चितवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । चितवन महोत्सव नारायणगढको नारायणी नदी किनारमा पौष २५ गतेदेखि माघ ४ गतेसम्म हुँदैछ । रत्ननगर महोत्सव पौष २७ गतेदेखि माघ ८ गतेसम्म पूर्वी चितवनको टिकौलीमा हुँदैछ ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले दुई संस्थाबीच छलफल गरेर महोत्सव गर्न लागिएको बताउनुभयो । गत वर्ष कोभिडका कारण चितवन महोत्सव हुन नसकेकामा यस वर्ष गर्नुपरेको जनाउँदै उहाँले सल्लाहमा नै मिति तय भएको जानकारी दिनुभयो । एक अर्को संस्थाले आपसमा आवश्यक सहयोग गर्ने गरी काम अघि बढेको उहाँको भनाइ छ ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले पनि घनिभुत छलफलपछि दुबै महोत्सव एकैसाथ आयोजना गर्ने निर्णय भएको बताउनुभयो । उहाँले चितवन महोत्सव र रत्ननगर महोत्सव दुबै ब्राण्ड बनिसकेको भन्दै उहाँले एक अर्कालाई सहयोग गरेर अघि बढ्ने बताउनुभयो ।

यस अघि प्रत्येक दुई वषको अन्तरालमा बिजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव आयोजना हुँदै आएको थियो । जस अनुसार चितवन महोत्सव गत वर्षनै आयोजना हुनु पर्ने हो । तर गत वर्ष नै आयोजना गर्ने तय गरिएको १३ औं संस्करणको चितवन महोत्सव कोभिड महामारीका कारण स्थगित भएको थियो ।

रत्ननगर उवासंघले भने पूर्ववत कार्यक्रमलाई नै निरन्तरता दिँदै यस वर्ष रत्ननगर महोत्सव आयोजना गर्न लागेको हो ।

२०५३ सालदेखि आयोजना हुँदै आएको चितवन महोत्सवको यो १३ औं संस्करण हो । उता २०५७ सालदेखि आयोजना हुँदै आएको रत्ननगर महोत्सवको भने यो ११ औं संस्करण हो । विसं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - २२:१८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology