चितवन, २३ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंग चितवन शाखा (फोनिज) ले सधारण सभाको अवसरमा तिन पत्रकारलाई सम्मान गर्दै छ । यहि मंसिर २५ गते हुने ८ औँ साधारण सभा तथा चौथौ अधिवेशन समारोहमा तीन पत्रकारलाई सम्मान गर्न लागेको हो ।
सम्मानित हुनेमा फोनिज सस्थापक अध्यक्ष सन्तकुमार चौधरी, अग्रज सञ्चारकर्मी तामाङ् पत्रकार संघ चितवनका अधयक्ष बबिलाल तामाङ्ग र न्युकमर क्रियासिल पत्रकार प्रतिमा कुमाल रहनुभएको छ । सम्मानित पत्रकार प्रतिमा कुमाल कालिका एफ.एफको रिपोटर एवं समाचार वाचिका समेत रहनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंग चितवन शाखा (फोनिज) का अध्यक्ष सन्दीपकुमार श्रेष्ठको संयोजकत्वमा सल्लाकार ईश्वर कुमार जोशी अमरदिप प्रधान, सन्तकुमार चौधरी र वीरबहादुर सिन्जाली मगरको टोलिले तीन जना छनोट गरेको हो ।