Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान

मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान

images

इच्छाकामना न्युज

२१, मंसिर २०७८
मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान
images

लमजुङ, २१ मंसिर । मनाङका बाढीपीडितलाई साढे पाँच महिनापछि २ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । गण्डकी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको हो । पूर्ण क्षतिको सूचीमा परेका तालगाउका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री रामजी बरालले केही दिन अघि धारापानीमा आएर २/२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको उनले बताए ।

उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको उनले बताए । मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताए ।

नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङका गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्‍याएकाे थियाे।  यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । उनका अनुसार वडा १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकोमा २३ घरमा पूर्ण क्षति छ ।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ जना रहेकोमा ३९ जनाले २ लाख रुपैयाँका दरले राहत पाएको बताए । ५ जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले बताए । उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम बाढीपीडितलाई प्रदान गरीएको हो । मनाङमा पुनर्निर्माणका लागि केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछन् । 

images
प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - ०९:४२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology