Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधीको उदाहरणीय काम

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधीको उदाहरणीय काम

आफु मोटरसाईकल चढेर जनताको लागि ५० प्रतिशतसम्म भाडा छुट दिएर बस खरिद गरि संचालन

इच्छाकामना न्युज

२०, मंसिर २०७८
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधीको उदाहरणीय काम
images

उदयपुर, २० मंसिर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सर्वसाधारणको सुविधाका लागि खरिद गरेको बस सञ्चालनमा ल्याएको छ । जनप्रतिनिधिले आफू चढ्ने सुविधाका लागि आएको यातायात खरिद बापतको रकमबाट सार्वजनिक बस सञ्चालनमा ल्याइएको हो ।

images
images

जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद र सञ्चालन गरिएको पालिका अध्यक्ष मेजरकुमार राईको भनाई छ । ‘हामीले चढ्ने गाडी किन्ने पैसाले जनताका लागि सार्वजनिक बस किन्यौं,’ अध्यक्ष राईले भने, ‘जनताको सेवा नै हाम्रो जिम्मेवारी हो ।

पालिकाले खरिद गरेको एउटा बस चल्न थालेपछि सदरमुकाम गाईघाटदेखि लिम्चुङबुङको केन्द्र बराहस्थित राईचोकसम्म ‘रुट पर्मिट’ समेत तोकिएको छ । पालिका अध्यक्ष राईका अनुसार लिम्चुङबुङदेखि गाईघाट सम्मको दूरी ६५ किलोमिटर छ । सो रुट अन्तर्गत सञ्चालन हुने सार्वजनिक बसमा सवार बृद्धबृद्धा, अशक्त, अपाङ्ता भएकाहरूलाई आधा अर्थात् ५० प्रतिशत मात्र भाडा लिइने छ । त्यस्तै कृषक, उद्यमीहरूका लागि उत्पादन निर्यात तथा कच्चापदार्थ आर्यतमा २५ प्रतिशत भाडा छुट दिइने भएको छ ।

सो क्षेत्रका विद्यार्थीले पनि १० प्रतिशत छुट पाउने प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बूले जानकारी गराए । उनका अनुसार हाल पालिकाको केन्द्रदेखि जिल्ला सदरमुकाम गाईघाटसम्मको ६५ किलोमिटर कच्ची सडक पार गर्दा ६ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । 

लिम्चुङबुङमा केही वर्ष अघि मात्र सडक पुगेको थियो । सडक बिस्तार भएदेखि हुने खाने वर्गले निजी साना सवारीसाधन चढ्ने भए पनि निम्न वर्गका नागरिकलाई सेवा दिन पालिकाकै लगानीमा सार्वजनिक बस खरिद गरिएको बताइएको छ । 

आफूले चढ्ने चार पाङग्रे सवारीसाधन खरिदका लागि आएको रकमले जनताका लागि सार्वजनिक बस किनेका पालिका जनप्रतिनिधिहरू स्वयं भने अहिले मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - २१:२७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology