Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित

कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित

images

इच्छाकामना न्युज

२०, मंसिर २०७८
कांग्रेस अधिवेशन : कान्छी उम्मेदवार डा. खान लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित
images

बुटवल, २० मंसिर । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेदवार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले चुनाव जितेकी छन् । बाबुको प्रेरणाबाट राजनीतिमा लागेकी खानले ८८१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनले आफ्ना प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पछाडि पारेकी थिइन् ।

डा. खान यसअघि कपिलवस्तुको निर्वचन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिएकी थिइन् । रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेदवारी दिएकी उनी प्रदेश समिति सदस्यमा विजयी भएकी हुन् ।

विजयी भएपछि प्रतिक्रिया दिँदै कपिलवस्तुको कृष्णनगरकी बासिन्दा खानले आफ्नो चिकित्सकीय पेसा र पार्टी राजनीतिलई एकसाथ अगाडि बढाउने बताइन् । मुस्लिम समुदयका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

डा. खान १३औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनले विद्यालय पढ्दादेखि नै नेविसंघमा रही राजनीति सुरू गरेकी थिइन् । डा. खानले एमबीबीएस पूरा गरेकी छन् । 'अझै बिरामीको उपार सुरु गरेकी छैन, अब नेपालमै इन्टर्न गरेर उपार सुरु गर्छु', उनले भनिन् ।

उनका बुबा अकिल मियाँ यसअघिका कांग्रेसका क्षेत्रीय सभापति हुन् । अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । राजनीतिमा युवा र महिला सहभागिता वडा तहबाट नै बढ्दै गएको र यसले आशाको सञ्चार समेत जगाएको उनले बताइन् । 

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १८:२०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology