Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्राेत शिक्षक नियुक्त

हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्राेत शिक्षक नियुक्त

इच्छाकामना न्युज

२०, मंसिर २०७८
हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्राेत शिक्षक नियुक्त
images

खोटाङ, २० मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर शिक्षक (चाम्लिङ भाषा स्राेत शिक्षक) नियुक्ति गरिएको छ । चाम्लिङ भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविमा प्रावि तहको एक जना नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक) नियुक्ति गरिएको हो ।

images
images

चाम्लिङ भाषाको पठनपाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाले पहिलोपल्ट नगर शिक्षक (चाम्लिङ भाषा स्राेत शिक्षक)को दरबन्दी सिर्जना गरेको थियो ।

१८ मंसिरमा सञ्चालन भएको शिक्षक छनौट परिक्षाबाट चाम्लिङ भाषी संगीता राई छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश राईले बताए । नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको स्राेत शिक्षकका रूपमा कामकाज गर्नका लागि व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो ।

मासिक १३ हजार पाँच सय तलबसुविधा पाउने नियुक्ति पाएकी राईले चाम्लिङ लगायत अन्य भाषामा पनि पठनपाठन गर्नुपर्ने जनाएको छ ।

263498347_647018212982767_2391631847821098337_n.jpg.jpg

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १८:१६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology