Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

१३औं महाधिवेशनको अवस्था दोहोरियो बागमतीमा, सभापति बन्न बानियाँलाई पुगेन मत

१३औं महाधिवेशनको अवस्था दोहोरियो बागमतीमा, सभापति बन्न बानियाँलाई पुगेन मत

images

न्युज कारखाना

१९, मंसिर २०७८
१३औं महाधिवेशनको अवस्था दोहोरियो बागमतीमा, सभापति बन्न बानियाँलाई पुगेन मत
images

शिव चौलागाईं, मकवानपुर, १९ मंसिर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् । 

२ हजार ८३ जना प्रतिनिधिले मतदान गरेकोमा बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । राति मत गणना गरेर सकिएपछि बढी मत ल्याए पनि सभापति पदका लागि बानियाँलाई यो मत पर्याप्त भने होइन । 

मत परिणामअनुसार सभापतिका अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाए भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरे । बानियाँसहित तीनै जना सभापतिका उम्मेद्वारले पार्टीको विधानअनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान गर्नुपर्ने भएको छ । सभापति हुनका लागि आवश्यक मत कसैको पनि हुन नसकेकाले अब फेरि आज सभापति पदमा चुनाव हुने भएको छ । बढी मत पाएका बानियाको पनि कुल मतको ४८ प्रतिशत मात्र मत हुन आउँछ । 

निर्वाचन समितिकाअनुसार चुनावमा १० मत बदर भएको छ भने १२ जनाले मतदान नै गरेनन् । 

राति मतगणना भएदेखि नै बानियाँले अन्य दुई उम्मेद्वारलाई उछिन्दै आइरहेका थिए ।  

यसअघि नेपाली कांग्रेस १३औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुँदा ५१ प्रतिशत नतिजा ल्याउन नसक्दा दोहोर्‍याएर चुनाव गर्नुपरेको थियो । दोस्रो राउण्डको मतदानमा देउवा सभापति निर्वाचित भएका थिए । 

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - ०८:३०:१० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology