Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कांग्रेस अधिवेशनः लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेदवार

कांग्रेस अधिवेशनः लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेदवार

images

इच्छाकामना न्युज

१८, मंसिर २०७८
कांग्रेस अधिवेशनः लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेदवार
images

बुटवल, १८ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन् ।

मुस्लिम महिलातर्फबो कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी छन् ।

 कांग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशिल सदस्यता लिएको उनले बताइन् । 'मैले १८ वर्षको  उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएकी हुँ, अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ,' डा. अलविराले भनिन् । बाबु अंकित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उनको भनाइ छ । अंकित ३० वर्षदेखि कांग्रस क्रियाशिल सदस्य छन् । पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन् । 

चिकित्सक पेशा अंगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताइन् । उनी संस्थापन इतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बनेकी हुन् । मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उनले अहिले भने अवस्था फरक रहेको बताइन् । 'विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्कन पाइँदैन थियो, तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,' उनले भनिन् । 

कपिलवस्तु-३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी हुन् । आफूलाई जिताउन परिवारका सबै सदस्य प्रचारमा लागेको उनी बताउँछिन् । 

images
प्रकाशित मिति :मंसिर १८, २०७८ शनिवार - ०८:१७:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology