Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कांग्रेस लुम्बिनी अधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान

कांग्रेस लुम्बिनी अधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान

images

इच्छाकामना न्युज

१८, मंसिर २०७८
कांग्रेस लुम्बिनी अधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान
images

बुटवल, १८ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन् ।

संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट पुन पूर्वराज्यमन्त्री एवं कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति हुन् ।

बिहान साढे ८ बजेदेखि मतदान सुरु हुने छ भने मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ । कांग्रेसको लुम्बिनी प्रदेश उपसभापतिका लागि संस्थापनबाट राजु खनाल र सुधाकर पाण्डे तथा पौडेल पक्षबाट भुवन श्रेष्ठ र अष्टभुजा पाठक प्रतिस्पर्धामा छन् ।

दुई महामन्त्री पदका लागि संस्थापनबाट जन्मजय तिमिल्सेना र खिमानसिंह रायमाझी तथा पौडेल पक्षबाट विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिएका छन् । तीन सहमहामन्त्रीमा संस्थापनबाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन तथा पौडेल पक्षबाट विष्णु खनाल (मुस्कान), खगराज पाण्डे र निमा गिरी प्रतिष्पर्धामा छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्लामा पौडेल पक्षले सभापति जितेको छ । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको छ । बाँके जिल्लाको अधिवेशन अझै भएको छैन ।

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि १२ जिल्लाका लागि जिल्लागत निर्वाचन हुनेछ । जसमा १२ महिलासहित २४ जना र खुलामा पाँच महिलासहित १७ जनाका लागि निर्वाचन हुने निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । 

समावेशी सदस्यमा खस आर्यतर्फ चार महिलासहित आठ जना, आदिवासी जनजातीमा दुई महिलासहित पाँच जना, मधेशीमा दुई  महिलासहित चार जना, दलितमा दुई महिलासहित चार जना, थारुमा दुई महिलासहित चार जना, मुस्लिम एक महिलासहित दुई जना र अल्पसंख्यक वा अपाङ्गमध्ये एक जना गरी ६१ जनाको लुम्बिनी प्रदेश समिति हुने काँग्रेसको विधानमा उल्लेख छ । लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी एक हजार ६४८ जना मतदाता रहेका छन् ।

images
प्रकाशित मिति :मंसिर १८, २०७८ शनिवार - ०८:१३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology