Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सञ्चारीका समूह तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन

सञ्चारीका समूह तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन

images

इच्छाकामना न्युज

१७, मंसिर २०७८
सञ्चारीका समूह तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन
images

तनहुँ, १७ मंसिर । सञ्चारीका समूह तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन भएकी छन् । शुक्रबार भएको समूहको पहिलो अधिवेशनले रसाइलीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । 

उपाध्यक्षमा ममता गुरुङ ,सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा थापा मगर र कोषाध्यक्षमा शर्मिला विक चयन भए । सदस्यमा सावित्रा कोइराला, सोनिया लगुन, मञ्जु थापा र करुणा थापा रहेका छन् । 

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, उपाध्यक्ष अस्मिता खनाल, निवर्तमान उपाध्यक्ष नारायण खड्का र सञ्चारीका समूह तनहुँकी संस्थापक अध्यक्ष सन्तोषी श्रेष्ठलाई समितिको सल्लाहकारमा चयन गरिएको छ । 

सञ्चारीकाको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारले पेसागत मर्यादा र जिम्मेवारीलाई गहन तरिकाले निर्वाह गर्नुपर्ने बताए । पत्रकारिता समाजलाई सही दिशा निर्देश गर्ने माध्यम भएकाले पत्रकार संवेदनशील बन्नुपर्ने उनको भनाई छ । 

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महावाणिज्य दूत एवं वरिष्ठ लोक गायक प्रेमराजा महतले तनहुँका पत्रकारको क्षमता अभिवृद्धि गर्नलाई  सहयोग र सहकार्य गर्न तयार रहेको जनाए । महतले सञ्चारीकाको कार्यक्रम तथा गतिविधि सञ्चालनार्थ २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

सञ्चारीका तनहुँले एक लाख रुपैयाँको ‘तनहुँ सञ्चारीका अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको छ । कोषबाट प्राप्त रकमले हरेक वर्ष जिल्लामा सक्रिय एक जना पत्रकार महिलालाई पुरस्कृत गर्नेछ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - २२:०९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology