Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अन्ततः भोलीदेखि चितवनमै लाईसेन्स नविकरण गर्न सकिने

अन्ततः भोलीदेखि चितवनमै लाईसेन्स नविकरण गर्न सकिने

images

इच्छाकामना न्युज

१७, मंसिर २०७८
अन्ततः भोलीदेखि चितवनमै लाईसेन्स नविकरण गर्न सकिने
images

चितवन, १७ मंसिर । चितवनमा भोलि (शनिबार)देखि औपचारिक रुपमै स्मार्ट लाइसेन्स नविकरण कार्य सुरु हुँदैछ ।

पूर्वप्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का सांसद समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार विहान स्मार्ट लाइसेन्स सेवाको उद्घाटन गर्दैछन् । त्यसका लागि अध्यक्ष दाहाल शुक्रबार अपरान्ह चितवन आइपुगेका छन् ।

अध्यक्ष दाहालले हालसालै सुरुवात गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नविकरण सेवाको समुद्घाटन गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए ।

यातायात कार्यालयमा भिडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणाली मार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको छ । जसका लागि यहाँ क्लिक गर्नुहोस् वा चितवन यातायात डट बागमती डट जिओभी डट एनपी मा लगइन गरि आफ्नो विवरण भरेर टोकन लिन सकिन्छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिन्छ कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका पेपकार्ड लाइसेन्सको पनि नविकरण सुरु गर्ने बताए । अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नविकरण थालिएको उनले बताए । यस्तै आउँदो ३/४ महिना भित्रमा नयाँ लाइसेन्स समेत जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।

चितवनमा वि.संं २०५१ सालदेखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । त्यतिबेला अस्थाई रुट इजाजत मात्रै दिने गरिएको थियो । सोही बेला सातामा एक दिन मात्रै वीरगंजबाट एक जना अधिकृत र एक जना मेकानिकल सुपरभाइजर आएर जाँचपास गर्ने व्यवस्था थियो ।

२०६२ सालमा सेवा विस्तार भएर वीरगंज कार्यालयको शाखाको रुपमा स्थापित यस कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थाइ रुट इजाजत सम्बन्धी काम थपिएको थियो । २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने प्रयास थालिएको थियो ।

२०७५ सालदेखि संघीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत रहेर यस कार्यालय संचालनलाई अघि बढाईयो । त्यतिबेलासम्म सवारी साधनको बिलबुक नविकरण र कर तिर्ने, रुट इजाजत लिने, पटके लगायतका सेवाहरु संचालन भएको थियो ।

२०७७ वैशाख ६ गते सवारी साधन दर्ता समेत विस्तार गर्ने निर्णय बमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधान दर्ताको प्रक्रिया सुरु भएको छ । भदौं ३ गते सवारी चालक अनुमति पत्रको समेत कार्य गर्ने गरि मन्त्रालयले कार्यदेश दिएको थियो । त्यसपश्चात यही मंसिर ५ गतेबाट सवारी चालक अनुमति पत्र नविकरण ट्रायलको रुपमा सुरुवात गरिएको थियो । शनिबारदेखि औपचारिक रुपमै लाइसेन्स नविकरण सुरुवात गर्न लागिएको हो ।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - २२:०६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology