Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मनाङको ङिस्याङ गाउँपालिका ५ का वडाध्यक्ष सहित ४ जना पक्राउ

मनाङको ङिस्याङ गाउँपालिका ५ का वडाध्यक्ष सहित ४ जना पक्राउ

images

इच्छाकामना न्युज

१५, मंसिर २०७८
मनाङको ङिस्याङ गाउँपालिका ५ का वडाध्यक्ष सहित ४ जना पक्राउ
images

लमजुङ, १५ मंसिर । प्रहरीले लमजुङको बेंसीसहरबाट ७ सय ८ किलोग्राम धुपीसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ३ सय ग्राम गुच्छी च्याउ पनि बरामद गरेको छ । उनीहरुको साथबाट कुनै पनि पुर्जी वा संकलनका लागि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।

हिमाली जिल्ला मनाङबाट बेंसीसहर हुँदै काठमाडौं लाने तयारीको ‘अवैध’ धुपीलाई बेंसीसहरको मनाङे चौतारा क्षेत्रबाट पक्राउ गरिएको डीएसपी कृष्णबहादुर कार्कीले बताए ।

उनका अनुसार मंगलबार राति साढे ९ बजेतिर बेंसीसहर नगरपालिका ७, मनाङे चौतारा क्षेत्रबाट अवैध धुपीसहित ४ जनालाई पक्राउ गरिएको हो । ‘मनाङबाट काठमाडौं लानको लागि अवैध रुपमा धुपी ल्याउँदैछ भन्ने जानकारी आयो । हामीले शंकास्पद जिपमा खोजतलास गर्दै गयौं । २ वटा जिपमा धुपी ल्याएको रहेछ’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गोरखाको पालुङटार नगरपालिका १ का २७ वर्षीय सोमबहादुर नेपालीले चलाएर ल्याएको ग१ज ७२२१ नम्बरको बोलेर जिपबाट २६३ किलो धुपीको पात र गोरखाको बारपाक सुलीकोट गाउँपालिका १ का २८ वर्षीय तीर्थराज घलेले चलाएर ल्याएको ग१ज ७७३७ नम्बरको जिपबाट २ सय किलो धुपीको पात र ३ सय ग्राम गुच्छी च्याउ बरामद गरिएको छ ।

जिपमा सवार मनाङ ङिस्याङ गाउँपालिका ५ का ५२ वर्षीया छिरिङ साङमा घले र ५८ वर्षीय कर्मा छिरिङ गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५८ वर्षीय कर्मा छिरिङ गुरुङ मनाङ ङिस्याङ गाउँपालिका ५, भ्राकास्थी तगत स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

उनीहरुले ल्याएर बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा २ सय ४५ किलो धुपीको पात मनाङे चौतारास्थित तिलिचो होटलको बरन्डाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद अवैध धुपी र गुच्छी च्याउसहित मानिसलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि बुधबार डिभिजन वन कार्यालय, लमजुङमा पठाइएको प्रहरीले जनाएको छ ।

डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले मनाङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्रभित्रबाट ल्याएको देखिएकाले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि एक्यापको प्रधान कार्यालय पोखरा पठाएको बताए । एक्याप प्रधान कार्यालय पोखराका सूचना अधिकारी अशोक सुवेदीले प्रहरीले बरामद गरेर पठाएको सामानको अनुसन्धान हुने बताए । कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - २०:४०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology